नेकपा नगर कमिटिले गर्यो शिबसताक्षीमा प्रोजेक्टर मार्फत प्रशिक्षण कार्यक्रम

401

दुधे, २२ पुस–झापाको शिबसताक्षीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटिले प्रविधि (प्राजेक्टर) मार्फत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी नगरपालिकाको तीन स्थान र अलग–अलग समयमा आयोजित प्रशिक्षण कार्यक्रममा ४ सय ९३ जना अगुवा कार्यकताहरुले सहभागिता जनाएका पार्टी नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईले जनाएका छन् ।

अध्यक्ष भट्टराईका अनुसार नगरको ११ वटै वडाहरुलाई समेट्ने उदेश्यले तीन चरणमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा सहभागि अगुवा कार्यकर्तालाई प्रोजेक्टर प्रविधि मार्फत विषयहरुका बारेमा जनाइएको अध्यक्ष भट्टराईले बताए ।

वडा नं १, २ र ३ को धरमपुरस्थित मंगलबारेस्थिसत वडा नं २ को कार्यालयमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तैं, ४, ५, ६ र ७ को पाँचगाछीस्थित जनता बजारमा र वडा नंं ८, ९, १० र ११ को दुधेमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

नगरको तीनै चरणमा आयोजित वडास्तरीय प्रशिक्षणमाा ४ सय ९३ ले सहभागिता जनाएका छन् । नगरमा अहिले २ हजार ८ सय बढी पार्टी संगठित सदस्यहरु छन् ।

प्रशिक्षाण् कार्यक्रममा पार्टी झापा जिल्ला कमिटि सदस्य तथा स्कुल विभाग प्रमुख रमेश गुरागाई, जिल्ला कमिटि सदस्य तथा शिबसताक्षी नगरका सहइन्चार्ज एनपी लामिछाने र नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईले विषयगत रुपमा प्रशिक्षण दिएका थिए ।

खासगरी, प्रशिक्षणमा नेकपाको सरकार, सरकारको काम र समृद्धिको आधार, पार्टीको कार्यनीति र पार्टीको सांगाठानिक सिद्धान्त लगायतका विषयमा अगुवा कार्यकर्ताहरुलाई जानकारी गराइएको नगर कमिटि अध्यक्ष भट्टराईले बताए ।

सो अवसरमा सहभागिहरुले आ–आफ्ना जिज्ञासाहरु राखेका थिए भने सम्बन्धीत विषयमा नेतृत्वतहले स्पष्ट र प्रष्ट रुपमा जवाफ दिएका थिए ।

Facebook Comments