युवा पुस्ताको प्रेम-सम्बन्ध ‘भ्यालेटाईन’मा चित्रण

सर्टमुभि ‘भ्यालेनटाइन’ सार्वजानिकः  मौलिक टिभि युट्युब च्यानलबाट

445

दमक, १९ माघ–प्रेम र सम्बन्धमा पैसा वा धन–सम्पतीले तुलना गर्न हुदैन । यदी, यस्तो अवस्था सृजना भएमा त्यो प्रेमले सार्थकता पाउदैन । बरु, मान्छेभित्र छटपटी बढ्छ र त्यहीबाट समाजमा उपराधका घट्नाहरु हुर्कन्छ ।

हो….। यस्तै, सामाजिक घट्नालाई चित्रण गरिएको छः ‘भ्यालेटाइन’ चलचित्रमा । ‘भ्यालेटाईन’ जम्मा १४ मिनेटको कथा छ । दमकमा नै छायाँकन गरिएको ‘भ्यालेटाईन’मा युवा पुस्ताहरुबीच हुने प्रेम-सम्बन्धका घट्नालाई कथा र सम्बादसहित कलाकारले उजागार गरेका छन् ।

सो चलचित्रको आज दमकस्थित समदर्शी टेक्निकल कलेज र मौलिक टीभीको कार्यालयमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ‘भ्यालेटाईन’ चलचित्रलाई आजै साँझ ६ बजेदेखी मौलिक टिभी (युट्युव) मार्फत समेत सार्वजनिक गरिएको छ ।

सार्वजनिक कार्यक्रममा समदर्शी टेक्निकल कलेज तथा मौलिक टिभीका प्रमुख कार्यकारी निर्देशक तथा चलचित्र ‘भ्यालेटाईन’का नायक नेम्बाङले रेडियो, टेलिभिजन र छापा माध्यममा पत्रकारिता र सञ्चारकर्मसँगै कलाक्ष्ँेत्रमा समेत काम गर्न रुची भएकोले चलचित्र ‘भ्यालेटाईन’ निर्माण गर्न सफल भएको बताए । उनले आगामी दिनहरुमा पनि छोटो कथा बस्तु तर समाजमा सकारात्मक शन्देश दिन खालका चलचित्रहरु निर्माण गरिदै जाने बताए ।

‘भ्यालेटाईन’मा एउटा इमान्दार युवा (नायक) को प्रेम सम्बन्धलाई यवती (नायिका) ले अस्विकार गरेका छन् । नायिकाले भन्छिन्ः तिमि जस्तो खातेसँग मेरो प्रेम सम्बन्ध अव रही रहन सक्दैन । मलाई गिफ्ट दिन नसक्नेले किन माया गर्नु । भो, मलाई ‘भ्यालेटाइन’मा रातो गुलाफ चाहिदैन् ।

त्यसपछी, निरासपुर्ण अवस्थामा नायकले आफ्नो निस्वास्र्थ प्रेम सम्बन्धप्रति घृणा जागृत गर्दछ । श्रम र परिश्रम गरेर बचाएको पैसाले बाचिरहेका नायक आफ्नो प्रेमिकाको व्यवहारको कारण बिदेश पलायन हुने कल्पना गर्छ ।

दमकस्थित किरात राई यायोक्खाको साकेला थान र आसपासका क्षेत्रमा छायाँकन गरिएको छ । दमकमा कम्पुटर क्षेत्र (आइटी) का अब्बल मानिने निरन साङपाङ राईको कथा र सम्बाद हो भने रेडियो, टेलिभिजन र छापा सम्बन्धी सञ्चार माध्यमहरुमाा आफ्नो गतिलो परिचय दिइसकेका सञ्चारकर्मी देशराज नेम्बाङले फिचरिङ गरिएको छ । उनलाई नायीकाको रुपमा मोडल कौशिला लिम्बूले साथ दिएका छन् ।

Facebook Comments