गायक तारा लक्समको ‘आज किन’ म्युजिक भिडियो सार्वजनिक

635

दमक, ४ फागुन–झापा शिबसताक्षीका गायक तारा लक्सम लिम्बुको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आज किन’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा शब्द संगीत भिम बिसीको रहेको छ । नेपाली तारा सिजन २ का तारा लक्समका ‘चुम्बक’, ‘गोप्य नाता’, ‘म दिन तयार’, बल्छि लगायत गीत हिट छन् ।

‘आज किन’ गीतको भिडियोमा अरोन अशोक कुमार र श्रेया दुलालको अभिनय रहेको छ । लक्षमण सुनारको निर्देशनमा बनेको भिडियोमा छायांकन तथा सम्पादन समेत निर्देशक सुनारकै रहेको छ ।

Facebook Comments