युबाहरुप्रति लक्षित लघुचलचित्र ‘एउटा सपना’ सार्वजनिक

पत्रकारिता र साहित्य क्षेत्रबाट देशराज अव चलचित्र निर्माणतर्फ अग्रसर

188

दमक, २३ चैत–झापाको दमकमा रहेर पत्रकारिता, साहित्य र कलाक्षेत्रमा सक्रिय देशराज नेम्बाङको ‘एउटा सपना’ लघुचलचित्र सार्वजनिक भएको छ । पत्रकारिता र साहित्यमा स्थापित गराइसकेका नेम्बाङ पछिल्लो समय कला र संगीतक्षेत्रमा समेत सक्रिय बन्दै आइरहेका छन् । उनकै लेखन तथा निर्देशनमा निर्माण भएको ‘एउटा सपना’ नामक लघुचलचित्र ‘मौलिक टिभी युट्युब च्यानल’ मार्फत सार्वजनिक भएको हो ।

निरन राईको छाँयाकन तथा सम्पादन रहेको लघुचलचित्र ‘एउटा सपना’मा समग्र युवाहरुको मनोभावना र सपनालाई चित्रण गरिएको छ । लघुचलचित्रका लेखक तथा निर्देशक नेम्बाङका अनुसार युवाहरुबीच उत्पन्न चाहाना, कल्पना, भावना, सोचाई, लक्ष्य, उदेश्य, बातबरण, परिवेश र जीवनका भोगाईहरुको बारेमा देखाउने प्रयास गरिएको छ ।

खासगरी, एउटा सपना मार्फत युुवाहरुले देख्ने सपना र अभिभावकले आफ्ना सन्ततीहरुबाट अपेक्षा गर्ने सपनाबीचको बैचारिक र व्यवहारीक द्धन्द्धलाई प्रस्तुत गरिएको छ ।

सो लघुचलचित्रमा कथाकी मुख्य पात्र मायाको उद्घोषिका बन्ने सानै देखिको सपना हुन्छ । तर, मायाको बुवालाई त्यो पेसा मन पर्दैन । र, परिवारमा द्धन्द्ध सुरुहुन्छ । यहि कथावस्तुमा लघुचलचित्र सपना निर्माण भएको छ ।

यस लघुचलचित्र कलाकारहरु देशराज नेम्बाङ, कौशिला खेवा, उमा सम्बाहाम्फे, नरवीर गोम्देल र ओममाया आङदेम्बेको अभिनय हेर्न सकिन्छ ।

Facebook Comments