काक्रा खेतबारीमा कुहियो

619

जीवनसिंह राजवंशी शिबसताक्षी, २ वैसाख–झापाको शिबगञ्ज, चन्द्रडाँगी, रगियाथान, पाँचगाछी र माहाभाराका कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु खेतबारीमा कुहिएर खेर गइरहेको छ । खासगरी, मौसमी बालिको रुपमा लगाईने यहाँका स्थानीय राजवंशी, ताजपुरिया जातिले लगाउने काक्रा, तरबुजा, करेला, फर्सी, लौका लगायत अन्य कृषि उपजहरु बजारसम्म लैजान नसक्दा यतिवेला खेतबारीमा पाकेर कुहिन थालेको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन ११ चैतदेखीको लगातारको लकडाउनसँगै कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु बजारसम्म ल्याउन नसक्दा ठूलो मारमा परेका छन् । रोजीरोटीकाो रुपमा परिवारको हातमुख जोड्न यहि खेतीको भर परेका कृषकहरुको सपना यो वर्ष पुरा हुन सकेन ।

यहाँ उत्पादित काक्रा, तरबुजा, करेला, फर्सी, लौका लगायतका अन्य उपजहरु झापाको ठूला शहरहरु दमक, बिर्तामोड, सुरुङ्गा, झिलझिले लगायत पूर्वका इटहरी, धरान, बिराटनगरदेखी काठमाण्डौसम्म पुग्ने गर्छ तर यसवर्षृको लकडाउनले यातायातदेखी मान्छेसम्मको आवत–जावत बन्द हुदा कृषकहरुले खेतबारीबाट टिप्न सकेनन् ।

पहिलो चरणको लकडाउन पश्चात पूर्नःदोस्रो पटक लकडाउनको समय थप भयो । र, आज २ वैसाखमा पूर्नः १५ गतेसम्म लकडाउन थपिएसँगै कृषकहरुले उत्पादन गरेको सवै उपजहरु खेतमै कुहिएर जाने भएको छ । धेरै पैसा खर्च गरेर र धेरै मिहेनत गरेर लगाइएको बालीहरु खेतमै कुहिएर जाने भएपछि कृषकहरु ठूलो समस्या परेका छन् ।

Facebook Comments