चट्याङले ‘सिस्टम कोल्याप्स’ भएर देशभर गयो बिजुली

270

काठमाडौं, २ वैसाख–मंगलबार साँझ देशभरकै बिजुली गएको छ । साँझ परेको चट्याङका कारण मुख्य प्रसारण लाइन अवरुद्ध हुँदा देशभर एकैसाथ बिजुली गएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार मुख्य प्रसारण लाइनमा चट्याङले पुर्याएको प्राविधिक समस्या हल गरेपछि आधादेखि एक घण्टामा बिजुली आउने छ ।

विद्युत प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीले केन्द्रीय सिस्टम कोल्याप्स हुँदा बत्ती गएको जानकारी दिएका छन् । करिब १५ मिनेट गएको बत्ती आइसकेको छ ।

Facebook Comments