नेपाली राजनीतिमाथि एक समीक्षा

581

–मदन ओली/एक कुशल नेतृत्वमा हुनु पर्ने अनिवार्य गुणहरु मध्यमा पर्ने एक भनेको उस्को अडान लिन सक्ने क्षमता पनि हो । पछिल्लो समयमा राजनीति बुझ्न कोसिस गरेको सबैले महसुस गरेको सत्य पनि यहि हो । देश संघीय गणतन्त्रः लोकतन्त्रमा प्रवेश गरेपछिको अबस्थामा जब देशमा संविधान निर्ण्मान पश्चात् भारतिय पक्षद्धारा गरिएको नाका बन्दीमा नेपाली राजनिती आकाशमा सामान्य मानिसले खोजेको जस्तै एक नेताको फेरि दर्विलो उपस्थितिको महसुश भयो ।

प्रधानमन्त्री एबम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष कम्रेड केपी शर्मा ओलीको अडान लिन सक्ने क्षमता नै त्यो मुख्य आकर्षण बिन्दु बन्यो । जस्ले अधिकाँस नेपाली युवाहरुलाई अबको रास्ट्रीयताः स्वधिन्ताको यदि कसैले रक्षा गर्न सक्छन भने त्यो केवल केपी शर्मा ओली हुनुन्छ भन्ने कुरामा बिश्वस्त भएको अबस्था थियो ।

भारतद्वरा सृजित विभिन्न दवावहरुलाइ सहजै सोस्न सक्नु र आफ्नो स्वाभिमानाको बिषयमा अढिक रहन सक्नु नै यो चुनावमा नेकपाको जितको प्रमुख कारण मध्यको एक हो ।

भारतद्वरा सृजित विभिन्न दवावहरुलाइ सहजै सोस्न सक्नु र आफ्नो स्वाभिमानाको बिषयमा अढिक रहन सक्नु नै यो चुनावमा नेकपाको जितको प्रमुख कारण मध्यको एक हो । त्यो बेलाको दवावमा आफू अढिक रहेर सम्पुर्ण नेपालिमा समृद्ध नेपाल सुखी नेपालिको सपना बाढ्न सक्नु उहाँको ठूलो उपलब्धि रहेको पाइन्छ । संकटको त्यो विषम परिस्थितिमा सम्पुर्ण नेपालिले आ आफ्नो ठाँउबाट केपी शर्मा ओलीलाई समर्थन पनि गरेकै हो ।

अब फेरि आज त्यहि आफ्नो स्पष्ट अडान लिन सक्ने सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हट्न बाध्य हुनु भयो । हिजो त्यत्रो शक्ति सम्पन्न रास्ट्र भारतको सामु आफ्नो अडानमा एक डिक्का भएर उभिन सक्ने ब्यक्ती आज कसरी आफ्नो निर्णयमै यति लचकदार हुनु भयो यस्को कारण के हुन सक्छन आम जन समुदायले एक पटक मनन् गर्नु पर्ने अबस्था भने सृजना भएको थियो ।

आजको घटनाक्रमबाट यो त सरासर प्रस्ट हुन्छ कि बाहिरी सक्तिको दवाव भन्दा आन्तरिक दवावले धेरै असर गर्दो रहेछ । कुरा के बिषयमा आफ्नो कुरा फिर्ता लिइयो भन्ने मात्र होइन कुरा ब्यक्तिको निर्णय गर्न सक्ने क्षमताको हो । यहाँबाट केही कुरा खुल्न जान्छ जस्तै आफ्ना साथिहरुले साथ नदिएको अबस्थामा जस्तै अढिक मान्छे पनि झुक्न बाध्य हुन्छ । अब कुरा रह्यो किन साथिहरुले साथ दिएन भन्ने के साथिहरु स्वार्थि भएर आफ्नो ब्यक्तिगत र गुटबन्दी को स्वार्थमा लिप्त भए या त निर्णय नै गलत थियो ।

के प्रधानमन्त्रीको नजिकैका सहयोगी साथिहरु गलत छन ? कि प्रधानमन्त्रीका पार्टिका साथिहरु भिन्न धारका गलत छन ? यो बिषयलाइ मनन गरेर अगाडि बढ्न सके मात्र रास्ट्रको हित हुने देखिन्छ ।

अब भने सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले एक पटक आत्मा समीक्षा गर्ने बेला आएको छ । के प्रधानमन्त्रीको नजिकैका सहयोगी साथिहरु गलत छन ? कि प्रधानमन्त्रीका पार्टिका साथिहरु भिन्न धारका गलत छन ? यो बिषयलाइ मनन गरेर अगाडि बढ्न सके मात्र रास्ट्रको हित हुने देखिन्छ । दुई मध्य एक गलत रहेको त पक्का पक्की देखिन्छ जति सक्नु हुन्छ छिटो गलत मानिस देखि टाढा हुनुहोस प्रधानमन्त्री ज्यू यसैमा नेपालको भलाई रहेको छ । सुखी नेपाली समृद नेपालिको कल्पना पूरा गर्न आम नेपालिको साथ रहनेछ ।

आजसम्म कस्ले कति साथ दिए ? कस्ले कती सकारात्मक सहयोग गरे ? भलाई त्यो आलोचना गरेर गरिएको सहयोग किन नहोस ती सबैलाई मध्यनजर गर्न आबस्यक रहेको छ । एउटा उखान छ नि जब हावाले कसिङ्गार उडाएर घर भित्र ल्याउछ तब घर बढारेर मात्र हुँदैन ? परेको खन्डमा झ्याल ढोका थुन्नु पर्छ । अहिलेको अबस्थामा प्रधानमन्त्री नजिकैको मान्छे ? प्रम कै घरको मान्छेले त्यो झ्याल ढोका खोल्दैछन यसो हुदा प्रमले अब कसिङ्गर बढारेर मात्र हुन्न उस्तै परे ती झ्याल ढोका खोल्ने मानिसलाई घर बाहिर निकालेर घरलाई सफा राख्नु पर्ने अबस्था छ ।

प्रधानमन्त्री घरका अभिभावक हुनुन्छ । घरको प्रगती र उन्नतिमा सबैको साथ र सहयोग त चाहिन्छ तर अभिभावकको निर्णयले धेरै महत्व राख्छ । सबैको जय होस ।

Facebook Comments