नेपाललाई यूरोपेली यूनियनको ९ अर्ब ८० करोड आर्थिक सहयोग

240

लन्डन, १५ वैसाख–यूरोपेली यूनियनले नेपाललाई कोरोना भाइरस नियन्त्रण र त्यसका प्रभावका लागि आर्थिक सहयोग गरेको छ । यूरोपेली यूनियनले नेपाललाई ९ अर्ब ८० करोड आर्थिक सहयोग गरेको हो ।

कठिन समयमा यूरोपेली यूनियन नेपालको एक असल मित्र रहेको बताउँदै नेपालका लागि यूरोपेली यूनियनका राजदूत भेरोनिका कोडीले भनेका छन्, ‘यस संकटको समयलाई नियन्त्रणमा लिन यो सहयोग महत्वपूर्ण हुनेछ । उच्च जोखिमको क्षेत्रमा प्रभाव कम गर्न यो सहयोगि हुने छ । अन्तराष्ट्रिय सहयोग र एकता पहिलेभन्दा अझ बढेको छ ।’

कोरोनाभाइरस महामारी र यसका प्रभावसँग लड्न ईयु, सदस्य देशहरू र युरोपेली वित्तीय संस्थाको स्रोतलाई मिलाएर ईयुले २० अर्ब यूरोको “टीम युरोप” प्याकेज बनाएको छ । ईयूले ४ मेमा कोरोना भाइरसको भ्याक्सिनको विषयमा विश्वव्यापी अनलाइन सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ ।

Facebook Comments