चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान

109

काठमाडौं, १६ वैसाख–सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान गरेको छ । बोर्डका अध्यक्ष केशव भट्टराई गत वर्ष मंसिरमा निधन भएपछि लामो समयदेखि रिक्त रहेको पदका लागि दरखास्त आव्हान गरेको हो ।

योग्यता पुगेका नागरिकले आजदेखि १५ दिनभित्र मन्त्रालयमा दरखास्त दिन भनिएको छ। मन्त्रलायकाअनुसार ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेका नागरिकले दरखास्त दिन सक्ने छन् ।

Facebook Comments