दमकबाट गणेशप्रसाद गौतमको शिक्षामन्त्रीलाई खुल्ला पत्र

1686
गणेशप्रसाद गौतम

नमस्कार शिक्षामन्त्री ज्यु !
शिक्षा मन्त्रालय

म एक सवारी चालक हु । अर्थात म एक श्रमिक हु । मजदुर हुँ । मुलुकको बर्तमान सरकार प्रमुख एबम् प्रधानमन्त्री तथा सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रवासी हु । म वहाँकै गृह नगर दमकको बासिन्दा पनि हुँ ।

२०६० सालदेखि नै सवारी साधन चलाइरहेको छु । खासगरी, म काम बिशेषले सडक वा अन्य यात्रामा दैनिक हिड्दा–हिड्दै धेरै प्रकारका दुर्घटना भएको देख्छु । मेरो हेराइ र बुझाईमा कतिपय दुर्घटनाहरु हाम्रो आफ्नो लापरबाहीले भएको महसुस गर्छु । अनि, सम्झन्छु, हाम्रो चेतना वा बिद्यालयगत शिक्षा प्रणालीप्रति प्रश्न गर्न मन लाग्छ । लाग्छ, म अध्ययनरत भएको समयमा हाम्रो शिक्षा प्रणालीमा जनचेतनामूलक शिक्षा पाइन ।

नेपालमा दुर्घटना न्युनिकरण, लागू औषध रोकथाम तथा न्युनिकरण, बिपद तथा प्रकोप रोकथाम तथा नियन्त्रण, रक्तदान गर्न युवालाईलाई प्रोत्साहन र आगालागी हुनबाट बच्न सकिने उपाय अनि हाम्रो सडक संरचना कस्तो हुनु पर्छ भन्ने बिषयमा जानकारी गराउदै कृषि पेशालाई अनिर्वाय रुपमा प्रारम्भिक वा सुरुवातदेखि नै चेतना दिन सकियो भने ती साना नानीहरूदेखि नै कसरी उत्पादन गर्ने भन्ने बिषयमा जानकार हुनेछ ।

यस्ता महत्त्वपूर्ण र सम्वेनशिल बिषयहरुलाई समेटेर पुस्तक लेख्न विषय बिज्ञहरुलाई लगाएर शैक्षिक सत्रदेखि लगाऔं । त्यसले सबै प्रकृति दुर्घटना न्युनिकरण हुनेछ । रोजगारका लागि बिदेशमा हुने युवाहरुको संख्या कम हुनेछ सडक दुर्घटनाबाट धेरै मानिस मृत्यु हुनबाट बच्ने छन् ।

हालः महामारीबाट विश्वमा जति मानिसको मृत्यु भएको छ त्यो औषतमा नेपालमा सडक दुर्घटनाबाट धेरै मानिसको मृत्यु भएको मैले महसुस गरेको छु । यी मेरा बिचार लाई मनन् गरी व्यवहारिक रुपमा अगाडि बढाउनु हुनेछ भन्ने पुर्ण बिस्वास लिएको छु । हस, धन्यवाद ।

                                    –तपाईंको शुभ चिन्तकः जि पी गौतम (गणेश)
अध्यक्षः जीवन चक्र समाज दमक झापा
सदस्यः सामुदायिक प्रहरी सेवा केन्द्र दमक झापा

Facebook Comments