रहेनन् बलिउड अभिनेता ऋषि कपूर

121

काडमाडौं, १८ वैसाख–बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको कहीबेर अघि निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । बिबिसी हिन्दीले कपुरको ६७ बर्षको उमेरमा निधन भएको जनाएको छ । त्यस्तै भारतीय अभिनेता अमिताभ बच्चनले पनि कपुर नहरेको सामाजिक सञ्जालमा लेखेका छन् ।

क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे । कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।

फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा थिए । उनको फिल्मी करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो। त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्मा काम गरेका थिए ।

भारतीय फिल्म उद्योगमा विगत दुई दिन एता धेरै ठूलो धक्का लागेको छ । हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो ।

Facebook Comments