राष्ट्रपतिको चुनावमा आफूलाई हराउन चीन लागिपरेको ट्रम्पको आरोप

165

एजेन्सी (काठमाडौं), १८ वैसाख–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि फेरि अर्को आरोप लगाएका छन् । उनले आफूलाई अर्को चुनावमा हराउनका लागि चीन लागिपरेको आरोप लगाएका हुन् । ह्वाइट हाउसमा रोयटर्स समाचार संस्थालाई दिएको अन्तर्वार्तामा ट्रम्प भने ‘मैले गर्न सक्ने धेरै कुरा छन् । हामी के भयो भन्ने कुरा हेरिरहेका छौँ ।’ यो दौडमा मलाई हराउन चीनले जे जति गर्न सक्ने गर्नेछ ।’

रिपब्लिकन राष्ट्रपति ट्रम्पले सम्भावित डेमोक्याट उम्मेदवार जो बाइडेको नोभेम्बरको निर्वाचनमा जित होस् भन्ने चीनको चाहना रहेका पनि उनले बताए । ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताए । उनले चीनले विश्वलाई सो रोगका बारेमा चाँडै बताउनु पर्ने तर नबताएको दाबी गरे ।

ट्रम्पलाई अमेरिकामा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ट प्रयास नगरेको आरोप लाग्ने गरेको छ । चीनसँग व्यापार युद्ध थालेका ट्रम्पले उनले चीनविरूद्ध के कस्तो कदम चाल्न सक्छन् भन्ने कुराको थप जानकारी भने दिएनन् ।

Facebook Comments