रुसी प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण पुष्टि

125
Russian Prime Minister Mikhail Mishustin meets with acting members of the cabinet in Moscow on January 17, 2020. (Photo by Dmitry Astakhov / SPUTNIK / AFP) (Photo by DMITRY ASTAKHOV/SPUTNIK/AFP via Getty Images)

एजेन्सी (काठमाण्डौ), १९ वैसाख–रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । भाइरसको सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ ।

आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए ।

Facebook Comments