बाढीले बगाएर झापामा एक जनाको मृत्यु

236

झापा, २० बैशाख–खोलामा आएको बाढीले वगाएर झापाको अर्जुनधारामा आज एक जनाको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर १ स्थित सातकटेरीस्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङका अनुसार शुक्रबार रातिको पानीका कारण सानो नेते खोलामा आएको बाढीले बगाएर शनिबार बिहान खपाङ्गीको निधन भएको हो ।

Facebook Comments