राष्ट्रिय बहुमुखी सहकारीद्धारा दमकको कोरोना नियन्त्रण तथा राहत कोषमा सहयोग

224

दमक, २१ बैशाख–झापाको दमक ८ मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले दमक नगरपालिकाले वनाएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत कोषमा आज ७५० केजी खाद्यान्न चामल सहयोग दिएको छ ।

कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले जारी राखेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवार अत्यन्त मर्कामा परेका र उनीहरुलाई खाद्यान्न राहत पुरयाँउन सो सहयोग गरिएको अध्यक्ष जितमान राईले वताए । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो खाद्यान्न सहयोग गरिएको उनले जानकारी दिए ।

सहकारीका अध्यक्ष जितमान राईसहित उपाध्यक्ष धनराज राई, सचिव एलडी सोताङ, व्यवस्थापक कृष्ण गोले लगायत सञ्चालक समिति, कर्मचारीको प्रतिनिधित्वमूलक एक टोलीले आज नगरपालिकामा पुगेर नगर उपप्रमुख गीता अधिकारी, दमक ८ का वडाध्यक्ष पशुपतिराज गौतमलाई खाद्यान्न राहत हस्तान्तरण गरेका थिए ।

सहकारीले यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दुई हजार बढी जनचेतनामूलक हाते पर्चा समेत वितरण गरिएको संस्थाका ऋण उपसमितिका संयोजक पारषमणी राईले जानकारी दिए ।

Facebook Comments