नगरप्रमुख चढेको गाडी दुर्घटना

167

कञ्चनपुर, २३ वैसाख–कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द चढेको गाडी दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीनजिक नगरप्रमुख चन्द सवार म १ झ १०१ नम्बरको गाडी से २ प ३४३७ नम्बरको ट्रयाक्टरमा ठोक्किएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।

नगर प्रमुख चन्दको हातमा सामान्य चोट लागेको छ । कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार भैरहेको छ । पुनर्वास नगरपालिकाबाट बेदकोटतर्फ आउँदै गरेका बेला गाडी दुर्घटना भएको बताइएको छ । गाडीको अगाडिको भागमा क्षति पुगेको  छ।

Facebook Comments