सांसद रामकुमारीको प्रश्‍नः ‘सिंहदरबारमा बस्‍नेलाई कोरोना नलाग्‍ने हो’

221
फाइल तस्विर\नेकपाकी नेतृ रामकुमारी झाक्री

काठमाडौं, २४ वैसाख-सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले लकडाउनकै अवधिमा सिंहदरवारमा संसदीय समितिका बैठकहरु चलाइएकोमा असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्‍जाल ट्‍विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै सांसद झाँक्रीले लकडाउनको अवधिमा कुनै सावधानीबिना निर्वाध संसदीय समितिका बैठक चलाइएकोमा आपत्ति व्यक्त गरेकी हुन् ।

‘एकाएक सिंहदरवारमा भिडभाड बढ्यो, विभिन्‍न जिल्लाबाट माननीयहरु आउनुभएको छ । यतिञ्जेल देशमा लकडाउन छ तर बिनाकुनै सावधानी, यसरी निर्वाध बैठक चलाउने हो भने, दुई कुरा मान्‍नुपर्यो,’ झाँक्रीले लेखेकी छन्, ‘एक यो देशमा सिंहदरवार आउनेलाई कोरोना लाग्दैन, दुई लकडाउन सर्वसाधारण जनतालाई मात्र हो ।’

Facebook Comments