कनकाई नगरपालिकामा जंगली च्याउ खाँदा दुई जना बिरामी

225

बिर्तामोड, २४ वैशाख-झापाको कनकाई नगरपालिकामा जंगली च्याउ खाएर दुई जना बिरामी परेका छन् ।

कनकाई–७ की ४० वर्षीया जानुका लिम्बू र २६ वर्षीय बेनु लिम्बू जंगली च्याउ खाँदा बिरामी भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार बेलुकाको खानासँगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुवै जनालाई केही समयपछि वान्ता हुन थालेको र उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उपचाररत् उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments