‘चप्पल’

503

डम्बर सुब्बा

चप्पल !!
चुडिन सक्छ
हिड्दा हिड्दै बिच सडकमा
नाच्दा नाच्दै डिस्को, नाइट क्लबहरुमा
तर्दा तर्दै जङ्घार, साघुहरुमा
पुग्दा नपुग्दै गन्तब्यहरुमा
सुखको अधिकतम शिखर बिन्दुमा पुगेर
आनन्दको सास फेर्दैगर्दै या
दुखको महासागरमा पौडी खेल्दै गर्दा होस
जहाँ जैले पनि चुडिन सक्छ ।

जीन्दगी !
चप्पल जस्तो घिसारेर
दम्भको मान्छे हु भन्नेहरु
खडा गर्न खोज्छन आफ्नो साम्राज्य
खोसेर दुनियाको ओठको मुस्कान
चुडाएर फक्रिन्दै गरेको कोपिलाहरु
पुछेर सिउदोको रातो सिन्दुरहरु
बर्साएर निर्दाेस परेलिहरु
निभाएर गरिबको चुलाहरु
उजाडेर सुन्दर गाउँ बस्तीहरु ।

भुलेर सारा सौन्र्दय
जस्तो की
फुलहरुको कोमलता सौदर्य र सुबास
इन्द्रेणीको मनै लोभ्याउने सप्तरङ्गी रङहरू
नदि महासागरको शालिन्ता
हिमाल टाकुराहरुको सुन्दरता
आमाहरुको अनुपम माया प्रेम ।

मानव चेतनाको उच्चतम युगमा
किन जन्मिरहेछ किम जोङउनहरु ?
उड्न पाउने पंन्क्षिहरुको स्वतन्त्रता माथि
धावा बोल्दै, बुट बजार्दै परेड खेल्न
किन तयार हुन्छ
आफ्नो साम्रज्य फैलाउनुको निमित्त
यि आइ एस आइ बोकोहरामहरु ?
फुलहरुको सुन्दर बस्तिहरुमा
आणबिक अस्त्रसम्म खसाल्नलाई ।

यति बुझुनु छ मान्छे भएर
मान्छे भन्दा माथी उठ्न चाहानेहरुले
महङ्गो भएपनी सस्तो भएपनि
ब्रान्डेड भएपनी ब्रान्डेड नभएपनी
राजा महाराजाले लगाएपनी
भिकारी सडक छापले लगाएपनी
चुटिएपछी फ्याकिनु पर्नेत
आखिर त्यै फोहोरको भाडोमा न हो ।

Facebook Comments