जनयुद्धले जन्माएको गीतः आमा रातो सारी चुरा-पोते किन नला’ को’

210

काठमाडौं, १२ माघ–कुनै पनि गीतले श्रोताको कति माया पाउँछ भन्ने सर्जकले अनुमान गरेको हुदैँन । तर, श्रोताको माया पाइदिए हुन्थ्यो भन्ने अपेक्षा भने हुन्छ । कतिपय गीत सर्जकले अपेक्षा गरेभन्दा बढी चर्चामा आउंँछन् भने कतिपय गीतहरू सर्जकले अपेक्षा गरेभन्दा न्यून चर्चा हुन्छ । यो ध्रुव सत्य कुरा हो ।

विसंं २०६० तिर हो, जतिबेला नेपाली लोकदोहोरी क्षेत्रमा एउटा गीतले तरंंग ल्याइदियो । देशमा सशस्त्र जनयुद्द थियो । कति महिलाको सिन्दूर पुछिए । कति बालबालिकाका अभिभावक गुमे । त्यही बेला सर्जक राजकुमार बगरको शब्दमा दिनेश काफ्ले र गीतादेवीको स्वरमा एउटा लोकदोहोरी गीत बजारमा आयो-भन्नु नभाुको, आमा ! रातो सारी चुरा-पोते किन नलाुकोरुु जति बेला बगर रिमा रेकर्डिङ स्टुडियोमा आबद्ध थिए ।

त्यस बेला लोकदोहोरी गायक भोजराज काफ्लेले यस गीतको लय हालेका थिए । लयसँग मिल्ने शब्दको खोजीमा थिए उनी । यसका लागि काफ्लेले बगरसँग अनुरोध गरे। बगरले यो लयमा आफूले शब्द लेख्न सक्ने आशय व्यक्त गरे । त्यस बेला सशस्त्र युद्ध मात्र होइन, नेपाली दाजुभाइहरू भारतीय तथा बेलायती सेनामा भर्ती हुने क्रम पनि जारी थियो, जुन अहिले पनि यथावत छ । बगरको गाउँमा पनि भारतीय सैनिकमा आबद्ध भएका धेरै दाजुभाइहरू थिए, जुन युद्धमा पुगेर फर्किएर आएनन् । यो गण्डक क्षेत्रमा अझ बढी रहेको छ ।

गाउँमा लाहुरेका श्रीमतीहरूको सिउँदो पुछिएको छ । उनीहरूका बच्चाहरू, जो साना छन्, जसलाई हिन्दु स‌ंस्कारबारे ज्ञान छैन । जुन कुरा उनले देखेका थिए । उनी यस्तै कारुणिक यथार्थ कुरालाई सोच्दै घर लागे । बेलुका घर पुगेर यही कुरा खेलाउँदै गीत लेख्न थाले  । यस गीतको कथामा एउटा अबोध बालकलाई आफ्नी आमाले किन अरू आमाले जसरी कपालको बीचमा रातो रङ र रातो कपडा लगाउनुहुन्न भन्ने जिज्ञासा बढ्छ । उनले यही कथालाई शब्दमा समेटे ।

नेपालमा सशस्त्र जनयुद्धले देश थिलोथिलो बनेको थियो । यस अवस्थामा यो भावको गीत सान्दर्भिक हुन सक्ने आफूलाई लागेको उनी बताउँछन् । यो गीत लेख्न प्रेरित गर्न त्यस बेलाको वातावरण र परिवेश नै मुख्य स्रोत रहेको बगरले बताए । एउटा सिर्जना कति समयमा लेखिन्छ, महत्त्वपूर्ण होइन भन्ने लाग्छ उनलाई । त्यो सिर्जना कस्तो छरु आम जनमानसमा कस्तो प्रभाव पार्‍योरु यो महत्त्वपूर्ण हुने उनले बताए ।

त्यस बेला यो विषयमा कसैले पनि यो छोरा र आमाको कोणबाट नलेखेको भएकाले आफूले सहज र छिटो यो गीत लेखेको उनले बताए । उनी रिमा रेकर्डिङमा काम गर्थे । रातभर गीत लेख्थे । उनी भन्छन्, ुम तनहुँबाट राजधानी गीतकार बन्छु भनेर आएको थिएँ । मेरो ध्येय नै गीतकार बन्ने नै थियो । जब उनले यो गीत राती लेखेर बिहान काफ्लेलाई सुनाए, काफ्लेले खुसी व्यक्त गरे । सुरुवातमा यो गीत काफ्ले स्वयंले छोराको रूपमा गाउने कुरा तय भएको थियो । बगरले यो कुरा अस्वीकार गरिदिए । उनी भन्छन्, परिपक्व मान्छेको स्वरभन्दा नाबालक स्वर यस गीतमा अझ जीवन्त रहने कुरामा म निश्चिन्त थिएँ ।

बगरको उक्त जवाफपछि काफ्लेले आफ्ना छोरा दिनेश काफ्लेलाई गीत गाउन लगाए । दिनेश काफ्लेको स्वर मीठो थियो। यो गीत दिनेशले गाउँदा गज्जब हुने मनसायले गीत रेकर्ड भएको बगर सम्झन्छन् । उक्त गीत बजारमा आएपछि चर्चाको शिखरमा पुग्यो । स्वयं बगर पनि चर्चामा रहे । त्यसभन्दा अघि बालगीत यति धेरै चर्चित नभएको उनी बताउँछन् । श्रोताहरूले यो गीतलाई दिएको सम्मान भुल्न नसक्ने उनी बताउँछन् ।

गीतको मर्मअनुसार भिडियो बन्यो भने गीत हेर्नलायक बन्छ। लोकप्रिय बन्छ । यो गीतमा अभिनय गर्ने पात्रले यो गीतलाई झन् जीवन्त बनाएका छन् । यो गीतबाट नै उनले पारिश्रमिक लिएर लोक गीत रेकर्ड गर्ने क्रम सुरु भएको उनले बताए । लोकगीत व्यावसायिक रूपमा लेखनको सुरुवात बगरले गरेको उनका नजिकका मित्रहरूले सुनाएको उनी बताउँछन् । यही गीतका कारण आफूले व्यावसायिक रूपमा धेरै लोकगीत लेखेको बताउँछन् बगर ।

२०६० देखि २०७० को समयमा लोकदोहोरीको क्षेत्र उच्च गतिमा थियो। क्यासेटको जमाना थियो । व्यापार पनि प्रशस्तै हुन्थ्यो । लोकदोहोरीको व्यावसायिक यात्रा सफल हुनु र आफू यस क्षेत्रमा प्रवेश गर्नु पनि एकैचोटि भएको हुनाले बगरले लगभग एक हजार लोकदोहोरी गीतहरू लेखेको बताउँछन् ।

Facebook Comments
0Shares