युट्युबमा भाइरल बन्दैः कृशल र सेड्रिनाको टिनएज रोमान्स

104

दमक, १४ फागुन–’नेपाल आइडल सिजन २’ बाट चर्चित बनेका कृशल कडेल र ‘नाई नभन्नु ल–५ बाट’ चर्चाको शिखरमा आएकी नायिका सेड्रिना शर्माको अनस्क्रिन रोमान्स दर्शकहरुले अत्याधिक मन पराएका छन । उनीहरूले संगै अभिनय गरेको गीत युट्युबमा २४ घन्टा भित्र झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान बनाएको छ ।

‘ओढेर घूँघट………….’ बोलको यो गीत कृशलको डेब्यु गीत हो र यो समाचार तयार पार्दा सम्म गीत युट्युबमा ७ लाख पटक हेरिएको छ र ट्रेण्डिङ पनि उकालो लाग्दैछ । यस अघि यो जोडी संगै अन्तरवार्ता दिएर युट्युबमा भाइरल भइ ट्रेण्डिङ्ग परेको थियो ।

बहुसंख्यक फ्यानहरुले उनीहरुलाई संगै स्क्रिनमा हेर्ने चाह पनि राखेका थिए । कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए । सेड्रिनाले यस अघि पनि “नाईँ नभन्नु ल ५” अभिनय गरेर चर्चामा आएकी थिइन ।

चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको यश गीतमा नृपेश उप्रेतीको शब्द रहेको छ । यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले ।

यसैगरी, म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन भने चन्दन दत्तले सम्पादन गरेका हुन ।

Facebook Comments
24Shares