नयाँ बर्षको स्वागतमा दमक संगीतमय बन्दैं

131

दमक, २३ चैत्र–नयाँ बर्ष २०७६ को स्वागतमा झापाको दमक बृहत संगीतमय हुने भएको छ । नयाँ बर्षलाई हर्ष, उत्साह, रमाइलोका साथै संगीतमय बनाइने आयोजकले दमकमा शुक्रबार पत्रकार भेटघाट गरेर जनाएको छ ।

सायाडोज रेष्टुरेन्ट एण्ड वार दमक, इ स्टेशन नेपाल र कक्टेल एण्ड स्पोस बार दमकको संयुक्त आयोजनामा द नेष्ट लेबल फेस्ट सांगीतिक कार्यक्रम हुने भएको हो ।

यहि ०७५ चैत २९ गतेदेखी नयाँ बर्ष अर्थात ०७६ बैशाख १ गतेसम्म सञ्चालन हुने कार्यक्रम दमक–९ इटाभट्टास्थित सरस्वती माध्यमिक बिद्यालयमा सम्पन्न हुने भएको छ ।

कार्यक्रम संयोजक उत्सव भट्टराइले २९ गते औपचारीक कार्यक्रमको सूरुवात हुने बताए । पहिलो दिन द एज ब्रण्ड पोखराको बिशेष प्रस्तुती रहनेछ । ३० गते पूर्व मिस नेपाल फष्टरनर अप निति शाहको बिशेष उपस्थितिमा फेसन सो हुने भएको छ । सोही दिन डयू हार्ड क्यानडिज युक्रेनको बेजोड प्रस्तुती रहने भट्टराईले जानकारी दिए ।

अर्का, कार्यक्रम संयोजक रतन राईका अनुसार नव बर्ष ०७६ को पहिलो दिन चर्चित र्यापर भिटेनको दमदार प्रस्तुती हुने छ । कार्यक्रम सम्मपन्न गर्न रु २४ लाखको अनुमानित बजेट तयार गरिएको छ ।

ब्यापारिक हिसाबले गर्न लागिएको सो साँगीतिक कार्यक्रम प्रदर्शन स्थलमा सिसि क्यामेरा जडान र १० जना बाउन्सरसहित ३० जना सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने कार्यक्रम संयोज भट्टराइले बताउनुभयो ।

यसैगरी, कार्यक्रम स्थल सरस्वती माध्यमिक बिद्यालयमा प्राथमिक उपचारका लागी चिकित्सक, एम्बूलेन्स र २ वटा दमकलको ब्यवस्था गरिएको छ ।

Facebook Comments