गायक नन्दु गुरुङको ‘आज लौ-तिमी छौ….’ म्युजिक भिडियो सार्वजनिक

160

दमक, २१ बैशाख–मोरङ पथरीका युवा गायक नन्दु गुरुङले ‘आज लौ तिमी छौ’ वोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

टम्पशेर राईको शव्द तथा संगीतमा रहेको गीतलाई ओएसआर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा करण सिंह र नग्मा श्रेष्ठले जीवन्त अभिनय गरेका छन् ।

सो गीतको निर्देशन निकेश खड्काले गरेका छन् । यस्तै, पावल चाम्लिङ् राईले संगीत संयोजन गरेका हुन भने सरोज अधिकारीले भिडियोलाई खिचेका हुन् ।

पेशाले शिक्षण क्षेत्रमा कार्यरत गायक गुरुङले यसअघि, भन्ज्याङ काटी एल्बम् बजारमा ल्याइसकेका छन् । उनले मोरङको पथरी र झापाको दमकमा आफ्नो सांगीतिक वातबरण बनाईराखेका छन् । पछिल्लो समय दमक, उर्लाबारी र पथरीका होटल र रेष्टुरेन्ट एण्ड बारमा उनका क्रेज बढ्दै गइरहेको छ ।

Facebook Comments
0Shares