देउकृष्ण देवानको निर्देशनमा ‘तिमी डुब्यौकी मेरो प्रेममा’ गीतको भिडियो सार्वजनिक

173

काठमाडौं, ३ जेठ–गायिका अञ्जु पन्त र गायक उत्तमजंग लिम्बु लावतीको नयाँ गीत सार्वजनिक भएको छ । साहित्यकार हेन्सेन याख्खाको शब्द र गायक संगीतकार उत्तमजंग लिम्बुको संगीतमा ‘तिमी डुब्यौकी मेरो प्रेममा‘’गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई संजीव सुब्बाले एरेञ्ज गरेका हुन् ।

गीतको भिडियोलाई ‘तारेभीर’ फिल्मका निर्माता तथा कलाकार देउकृष्ण देवान याख्खा लिंखाले निर्देशन गरेका हुन् । निर्देशक देउकृष्ण देवानले गीतको भावलाई भिडियो मार्फत कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

गीतको भिडियोमा आयुषा लिम्बुखिम र तिलक खत्रीले फिचरिङ गरेका छन् । भिडियोलाई शिर कुमार साम्पाङ राईले छायाङ्कन गरेका हुन् ।

Facebook Comments
0Shares