‘जुनसुकै बेला राजनीतिमा आउन सक्छुः महानायक राजेश हमाल

188
महानायक राजेश हमाल

काठमाडौं, २२ जेठ–नेपाली सिने जगतका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका छन् । नयाँ पत्रिका दैनिकमा दिएको एक अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि राजनीतिकमा आउन सक्ने बताएका हुन् ।

भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए। तपाईंको राजनीतिमा आउने सोच छैन ?

-मलाई राजनीतिमा चासो छ । राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु । तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड छैन् । अहिले कलाकारितामा छु । दुबै ठाउँमा हात हाल्नु ठिक होइन । चुनाव लडेका कतिपय भारतीय कलाकारले पछि मछुतो महसुस गरेको सबैलाई थाहा छ । तर, म राजनीतिमा आउनै नसक्ने भन्ने छैन ।

कहिलेबाट आउनुहुन्छ त ?

कुन कित्तामा उभिएर राजनीति गर्छु भन्ने पक्का छैन । सचेत नागरिकको हिसाबले राजनीतिमा चासो छ । तपाईंले चाहनुभयो भने त जुनै पार्टीले पनि टिकट देलान् नि ? मेरो उद्देश्य राजनीतिकको लागि राजनीति गर्ने होइन । त्यस्तो राजनीतिले खासै उपलव्धी दिएँदैन ।

खाली व्यक्तिगत स्वार्थ मात्र पूरा हुन्छ । इमानदार भएर राजनीति गरियो भने नीति निर्माण तहमा केही प्रभाव पार्न सकिन्छ । राजनीतिमा लागेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छु जस्तो लागेको दिन पक्कै राजेश हमाल राजनीतिमा होमिने छ । जतिखेर पनि राजनीतिमा आउन सक्छु । त्यो दिन पनि आउला नि ।

चुनाव जित्नुभयो भने पहिलो काम के गर्नुहुन्छ ?

देशमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । मैले चुनाव जितेको खण्डमा भ्रष्टाचारलाई निर्मूल पार्न कोसिस गर्छु । भ्रष्टाचाररहित विकासमा जोड दिन्छु ।

Facebook Comments
0Shares