झापा शिबसताक्षीका राजले ल्याएः तेस्रो लिङ्गीप्रति समर्पित म्युजिक भिडियो ‘बुझिदेउ…..’

109

दमक, ११ असार–गीत संगीतले मनोरञ्जन मात्रै दिने होइन समाजमा देखे–भोगेका जीवन भोगाइका कथाहरु पनि संगीतका माध्यमबाट प्रस्तुत भैरहन्छन । यसर्थमा कलाकारले मनोरञ्जन दिने मात्रै होइन परेको बेला गीतका माध्यमबाट सामाजिक दायित्व पनि पुरा गरिरहेका हुन्छन । त्यसैलेत साहित्य, संगीत र सिनेमा समाजको दर्पण भनिएको हो ।

हिजोआज गीत संगीतमा परिवर्तन आएको छ । नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भैरहेका छन । भिडियो मेकिङको प्रोसेस पनि परिवर्तन भएको छ । डिजिटल बजारमा अहिले एउटा निकै मिठो र सामाजिक सन्देश बोकेको गीत ‘बुझिदेउ……’ सार्वजनिक भएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति समर्पित गर्दै झापा शिबसताक्षीका गायक राज लिम्बुले आफ्नो डेब्यु गीत ‘बुझिदेउ’ सार्वजनिक गरेका हुन ।

तेस्रो लिङ्गीको भावनालाई बुझिदिन आग्रह गरिएको गीतको भिडियोमा तेस्रो लिङ्गी जोडी निरज र आशिकको अभिनय रहेको छ । भिडियो रिलिज गरिएको २४ घन्टामा ४ लाख दर्शकले भिडियो हेरेका छन् भने १३ सय बढी दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

हाल, बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत रहेका लिम्बुको यो डेब्यु गीतमा स्वर, संगीत र शब्द गायक स्वयमको रहेको छ भने गीतको संगित संयोजन बिश्व अधिकारीले गरेका छन ।

अजय रेग्मीको छायाङकन रहेको भिडियोमा निरज, आशिक, लक्ष्मण चौलागाईं, सावित्री देवी गौतमको अभिनय रहेको छ । गीतको भिडियो सम्पादन र निर्देशन क्रान्ति केसीको रहेको छ ।

Facebook Comments
0Shares