फ्यानको नजरमा छाडा भएकी चर्चित कलाकार पार्वती राई

152
चर्चित कलाकार पार्वती राई

काठमाडौं, १४ असार–नेपाली लोक दोहोरी र तीज गीतको क्षेत्रका पार्वती राई चर्चित कलाकार हुन् । उनी कुशल डान्सर हुन् । हाल अमेरिकामा बस्दै आएकी उनले ४ सयभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् ।

उनले चलचित्र ‘मेरो जीवनसाथी’ र ‘हम जाएगा’ मा पनि अभिनय गरेकी थिइन् । तर उनलाई लोक दोहोरी नृत्यांगनाकै रुपमा चिन्ने गरिएको छ ।

पार्वतीले केही समयअघि आफ्नो इन्स्टाग्राममा बिकिनी लगाएको तस्बिर राखेकी थिइन् । उनको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा निसा सुनार र उनी निकै हट अवतारमा देखिएकी थिइन् । उनका फलोअरहरुले लाज पचाकी, छाडा भन्नेजस्ता कतिपय नराम्रो शब्दको कमेन्ट पनि गरेका थिए । ती कमेन्ट अहिले पनि भेटिन्छ ।

आफ्नो फलोअर बढाउनका लागि पनि कलाकार वा सामान्य युवतीहरुले पनि अर्धनग्न तस्बिर राख्ने गर्छन् भन्ने गरिन्छ । पार्वतीको इन्स्टाग्राममा उनले नाइटो देखिने थुप्रै तस्बिरहरु पनि राखेकी छन् । तर उनको फलोअर भने केवल २५ हजार ६ सय मात्रै देखिन्छ ।

यता फेसबुकमा पनि उनले आफ्नो ताजा ताजा तस्बिर राख्ने गरेका छन् । फेसबुकमा उनको फलोअर एक लाख भन्दा बढी छन् ।

लोक दोहोरी र तीज गीतमा नाइटो देखिने साडीमा देखिने पार्वतीले सामाजिक सञ्जालमा पनि त्यस्तै तस्बिर राखेकी छन् । गुगलमा उनका तस्बिर सर्च गर्दा पनि नाइटो देखिएकै बढी देखिन्छन् ।

Facebook Comments
0Shares