इन्टरनेटको मूल्य आजदेखि १३ प्रतिशत बढ्ने

21

काठमाडौं, १ साउन–इन्टरनेट सेवा प्रदायकहरुले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गर्ने भएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् ।

Facebook Comments
0Shares