ग्राहकहरु भन्छन्ः ‘बजारमा फलफूल तथा तरकारीको मूल्य अत्याधिक बृद्धि अनि बिषादीको त्राश’

44

गोबिन ल्वागुन दमक, ३ साउन–पछिल्लो साता झापाको बिभिन्न शहर–बजारहरुमा मा तरकारीको मूल्यमा अत्याधिक बृद्धि भएको छ । असारको पहिलो सातादेखि बढ्न थालेको तरकारीको मूल्य असार मसान्तसम्म आइपुग्दा थप आकाशिएको छ ।

असारको पहिलो सातादेखि मसान्तसम्मको मूल्य सूचीको तुलना गर्दा तरकारीको मूल्य ७० प्रतिशतसम्म बढेको छ । फलफूल तथा तरकारी ब्यबसायी संघका अनुसार वर्षा र बिषाधीको कारण तरकारीको मूल्य आकासिएको हो ।

दमक–६ मा रहेको तरकारी तथा फलफुल बजार नगरकै एक मात्र कृषि उपज केन्द्र हो । यहाँ बिभिन्न क्षेत्रबाट आयत गरिएको तरकारी तथा फलफुल बिक्रि बितरण हुने गर्छ । तर कृषि उपज केन्द्र दमकमा एक साता अवधीमा तरकारीको मुल्य आकाशिएको छ । सबै भन्दा बडि मुल्य बृद्धि टमाटरमा भएको छ । एक साता अघिसम्म प्रति केजी २० देखि २५ रुपैयामा पाइने टमाटर अहिले ७५ देखि ९० रुपैया पुगेको छ । आफुले खोजेको तरकारी पनि नपाइने र हरेक तरकारीको मुल्यमा दोब्बर बृद्धि भएपछि उपभोतmाहरु आजित बनेका छन् ।

त्यसो त ब्यापारीहरु समेत तरकारी प्रायप्त मात्रमा नआउदा चिन्तित छन् । भारतबाट आयत हुने तरकारीमा बिषाधी पक्षिणको कारण नआउनु, बिभिन्न जिल्लाबाट आयत हुने तरकारीमा बाडीका कारण तरकारीखेतीमा डुबान हुनु र पहिरोले ढुवानीमा समस्य निम्त्यउनुले पनि तरकारीको अभाब श्रृजना भएको ब्यबसायीहरु बताउछन् ।

प्रयाप्त मात्रमा तरकारी नपाउनु, होलसेलमै महंगो मूल्य तिरेर ल्याउनुपर्ने तरकारीको मुल्य बृद्धि भएको तरकारी ब्यपारी निरा श्रेष्ठकोे भनाई छ ।

बर्खा याममा तरकारीको उत्पादनमा त्यसै पनि कम हुने भएको अवस्थामा तराइमा बाढीसंगै कटान र डुवान भयो भने पाहाडमा पहिरोको कारणले पनि तरकारी उत्पादनलाई धेरै क्षती पु¥याएको हो । यस्तै, प्राकृतिक बिपत र भारतबाट आयत हुने तरकारीम बिषाधी परिक्षण प्रक्रियाले गर्दा तरकारीको मूल्य अत्याधिक बढेको तरकारी तथा फलफुल ब्यबसायी संघका कोषध्यक्ष कुमार श्रेष्ठको भनाई छ । उहाको अनुसार एक साता अघि दैनिक २० टनसम्म तरकारी आयत हुने गरेकोमा अहिले ५ देखि ७ टनमात्र आयत भएकोले तरकारी मुल्य आकाशिएको हो ।

बजारमा फुलकोपी ३० देखि ४० रुपैयामा बिक्रि भएकोमा अहिले ७० देखि १ सय रुपैय पुगेको छ । यसरी नै खुर्सानीको मूल्य पनि भनि साध्य छैन । अहिले १६० देखि २ सय रुपैयामा बिक्री भैरहेको छ । त्यस्तै, आलु ५० देखि ६० रुपैयाले बिक्री भैरहेको छ ।

कतिपय व्यवसायीहरु सीमानामा भारतीय तरकारी र फलफूलको विषादी परीक्षण हुन थालेपछि तरकारी कम आयात हुन थालेको र मूल्य (भाऊ) बढेको तर्क गर्छन् । आखिर जे कारणले तरकारीको भाऊ बढेपनि आम सर्वसाधारणको भान्सामा पाक्ने तरकारीको मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज बनेको छ । आकासिदो मूल्ययवृद्धिलाई रोक्न र जनजीवनलाई सहज बनाउन जिम्मेवार निकाय गम्भीर हुनु आवश्यक छ ।

Facebook Comments
0Shares