अष्ट्रेलियामा साहित्यकार दुर्गाप्रसाद रिमालको रुबाई कृति ‘समयको आयू’ को लोकापर्ण

253

अरुलाई पछ्याउँदै दास मात्र हिंड्छ
आफ्नो स्व–चेतनाले खास मात्र हिंड्छ
आगोको बाटो सही म स्वयम् हिंड्छु
अरुको काँध चढेर त लास मात्र हिंड्छ ।

लन्चेस्टन सिटी (अस्ष्ट्रेलिया), ८ साउन–साहित्यकार प्रकाश आङदेम्बेले यो रुबाई बाचन गर्दा तास्मानियास्थित अष्ट्रेलियाको लन्चेस्टन सिटीको युनिभर्सिटी अवस्थित एनेस्क थिएटर तालिले गुन्जमान भयो । उनले गजल, रुबाइयात गरेर दर्जनौ सृजनाहरु बाचन गरे ।

गजल मुसयरा सिडनीका संयोजक जितेन्द्र मल्लले पनि आधा दर्जन गजलहरु बाचन गरेका थिए । उनको गजल बाचनले पनि धेरै नै प्रसंसा बटुल्यो । कार्यक्रममा साहित्यकार दुर्गाप्रसाद रिमालको रुबाई कृति ‘समयको आयू’ को तास्मानिया लोकापर्ण भयो । साथै सो पुस्तकवाट रिमालले पनि आधा दर्जन सृजनाहरु बाचन गरेका थिए । कवि पवित्रा साँबाले पनि कविता वाचन गरेकी थिइन् ।

नेपालीभाषी भूटानी सृजनशिल युवाहरुको संस्था क्रिएटिभ जोर्नी फाउन्डेसनको आयोजना र युनिभर्सिटी अफ तास्मानियाको सहयोगमा भएको सो कार्यक्रम करिब दुई घण्टासम्म चलेको थियो । स्थानीय नेपाली र नेपालीभाषी कलाकारहरु मित्र गुरुङ, अन्जु प्रधान, विसाल राई, सुस्मिता प्रधान, माया क्षेत्री, बिनोद लामिछाने, यादव मगर आदिलेले लोक सङगीत र लोकनृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमा मुख्य आकर्षक प्रकाश आङदेम्बेले आफ्ना सृजनासँगै मन्तव्य पनि राखेका थिए । उनले भने “नेपाली पन र मन हाम्रो पहिचान हो । संसारमा जहाँ पुगे पनि हाम्रो परिचय नेपाली हो । हामीले कुल र मुल बिर्षनु हँुदैन ।”

कार्यक्रमपछि स्थानीय अविभावक मनिराज राईले “लन्चेस्टनमा यस्तो भव्य साहित्यिक कार्यक्रम पहिलो पटक हो । यहाँसम्म आएर नेपाली भाषामा साहित्यिक रचना सुन्दा नेपाल नै पुगे जस्तो लाग्यो । भाषा, सँस्कृति लोप त हुने होइन भन्ने डर लागेको बेलामा यो कार्यक्रमले धेरै नै आस जगाएको छ” भने ।

विश्वका चर्चित कलाकारहरु जन्माएको सो युनिभर्सिटीवाट नाटकमा स्नातक गरेका कलाकार ओवेत साम्पाङले कार्यक्रम सन्चानल गरेका थिए भने कार्यक्रमको सभापति स्थानीय नेपालीभाषी भूटानी समाजका उपाध्यक्ष दिल खालिङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments
0Shares