व्यवसायिक पशुपालनतर्फ कृषकको आकर्षण बढ्दो

16

केर्खा (कमल), ११ साउन–झापाको कमल गाउँपालिकाले व्यवसायिक पशुपालक कृषकका लागि विभिन्न कार्यक्रम ल्याएसँगै पछिल्लो समय गाउँपालिकामा व्यवसायिक पशुपालन गर्ने कृषकको संख्या ह्वात्तै बढेको छ ।

गाउँपालिकाले व्यवसायिक रुपमा पशुपालन गर्ने कृषकलाई गोठ निर्माण, भकारो सुधार कार्यक्रम, कृतिम गर्भाधानमा सहुलियत, व्यवसाय प्रवद्धन कोष मार्फत व्याज अनुदानमा बीउ समेत प्रदान गरिने जस्ता कार्यक्रम ल्याएपछि पशुपालन तर्फ कृषकको आकर्षण बढेको गाउँपालिकाले जनाएको छ ।

व्यवसायिक रुपमा पशुपालन रोजगार समेत श्रृजना हुने भएकोले यस्ता फर्म तथा व्यावसायिलाई गाउँपालिकाले सहयोग गर्ने पशुसेवा शाखाले जनाएको छ । आर्थिक वर्ष २०७५।०७६ मा व्यवसायिक रुपमा ४७ जनाले गाई फर्म दर्ता गराएका छन् ।

त्यसैगरी, ७ जनाले भैसि फर्म ४३ जनाले बंगुर फर्म ६३ जनाले कुखुरा फर्म १५ जनाले बाख्रा फर्म ३ जनाले माछा फर्म दर्ता गराएको कमल गाउँपालिका पशुसेवा शाखाका प्रमुख बद्री भट्टराईले जानकारी दिए ।

Facebook Comments
0Shares