कमल गाउँपालिका पूर्ण सरसफाई अभियानमा

53

कमल, १८ साउन–कुनैपनि कुरा पाउन जति सजिलो छ ,त्यसलाई बचाई राख्नु त्यो भन्दा गाह्रो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

शुक्रवार झापाको कमल गाउँपालिकामा सामाजिक रुपान्तरणका लागी पूर्ण सरसफाई अभियान गाउँपालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी भेलाका सहभागीले दुई वर्ष अगाडी नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेर अ‍ोडिएफ च्याम्पियन अवार्ड पाए पनि अहिले त्यसलाई जोगाई राख्न गाउँपालिकालाई चुनौती भएको बताए ।

हिजो हामी खुल्ला दिशा मुक्त घोषणा गर्ने समय निर्माण गरिएका चर्पी आज मर्मत सम्भार को अभावमा छन् । त्यो वेला निर्माण गरिएका संरचना भक्तन थालेका छन् । त्यसलाई प्रयोगकर्ताले मर्मत नगरी प्रयोग गरिरहेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन्।

गाउँपालिकालाई पुण सरसफाई अभियानमा छनौट गरेकोमा धन्यवाद समेत दिईन् । हिजा शौचालय थिएन गाउँपालिकाले शौचालय बनाई दियो । अव यसलाई कसरी प्रयोग गर्ने, शौचालय प्रयोग गरिसकेपछि सरसफाई र संरक्षण गर्ने कार्यक्रम लागु भएको छ ।यस बाट गाउँपालिकालाई ठुलो सहयोग पुग्ने समेत अध्यक्ष काफ्लेले बताईन ।

झापाको गौरव, झापाको सान, सामाजिक रुपान्तरणका लागी पूर्ण सरसफाई अभियान भन्ने नाराका साथ झापा जिल्लामा दुईवटा गाउँपालिका र एक नगरपालिकामा पूर्ण सरसफाई अभियान लागुभएको छ । जस अन्तरगत कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका तथा वर्तामोड नगरपालिका पूर्ण सरसफाई अभियान कार्यक्रम लागुभएको हो । यो कार्यक्रम लागु भएका गाउँपालिका र नगरपालिकाका जनताले सरसफाई सम्बन्धि न्युनतम आवश्यकता पुरा गर्नुपर्ने हुन्छ । शौचालय गरेपछि न्युनतम साबुन पानीले हात धुनु पर्ने जस्ता कामहरुका बारेमा कार्यक्रममा सुझाएको थियो । जसको सहजीकरण विराट सामुदायिक अध्ययन केन्द्रका सदस्य सोम आचार्यले गरेका थिए ।

पूर्ण सरसफाईका लागी ठुलो बजेटको आवश्यकता नपर्ने आफुले गरिरहेका काममा थोरै परिवर्तन ल्याउने हो भने पूर्ण सरसफाईका कार्यक्रम सफलहुने यु एन ह्याविटासका झापा जिल्ला संयोजक विनोद शर्माले बताए । आज विद्यालयमा भईरहेका अतिरिक्त कृयाकलाप कार्यक्रममा सरसफाई पनि समाबेस गर्न सकिने, सेलिब्रेसन मनाउँदा बोट विरुवा रोप्ने वा सरसफाई गर्ने, वातावरणलाई समेत असर नहुने खालका गतिविधीलाई विस्तारै अगाडि बढाउने हो भने पूर्ण सरसफाई अभियान सफल हुने शर्माको भनाई थियो ।

गाउँपालिकालाई कसरी पूर्ण सरसफाई बनाउन सकिन्न भनेर यो कार्यक्रम सञ्चालनमा त्यएको हो । हेर्दा बजेट थोरै देखिन्छ, हाम्रो उद्देश्य भनेको हरेक कुरामा स्वच्छता ल्याउनु हो, सबै मिलेर आ आफ्नो ठाउबाट लागेमा कमल गाउँपालिका पूर्ण सरसफाई अभियानमा नमुना गाउँपालिका बन्ने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले बताए ।

कार्यक्रम कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा वडा अध्यक्ष, विद्यायाल, विभिन्न संघ-सस्था, बाल क्लव, उद्योगी व्यवसायी, खानेपअनी शिक्षा स्वस्थ्य लगायतका संघसंस्थाका प्रतिनिधी रहने गरी ३१ सदस्य कमल गाउँपालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति समेत गठन भएको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments
0Shares