प्रतिबन्धित औषधि नेपालमा खुलमखुला बिक्री वितरण

11
फाइल तस्बिर

काठमाडौं, १९ साउन–भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधि नेपालमा बिक्री वितरण भइरहेको छ । नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधि पसलमार्फत् यो औषधी बिक्री वितरण भइरहेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयले जुलाई (९९१० दिनअघि) मा ‘कोलिस्टिन’ नामक एन्टिबायोटिकको उत्पादन, बिक्री वितरण र प्रयोग बन्द गर्नु भन्दै सूचना निकालेको थियो ।

कुखुरा फार्म, माछापालन र पशु स्वास्थ्य रोग उपचारका लागि प्रयोग हुने यो औषधीले प्रत्यक्षरुपमा मानव स्वाथ्यलाई समेत असर गर्ने भन्दै भारतले राजपत्रमा अंकित गरी यो औषधि प्रतिबन्ध गरिसकेको छ । नेपालमा भारतबाटै आयात गरी यो औषधिको बिक्रीवितरण गरिने गरेको छ ।

कान्तिपुर दैनिकबाट

Facebook Comments
0Shares