ग्लोबल टी–२० को पहिलो खेलमै सन्दीपले गरे महँगो बलिङ

32
सन्दिप लामिछाने

काठमाडौं, १९ साउन–क्यानडामा जारी ग्लोबल ट्वान्टी–२० क्रिकेटमा सन्दीप लामिछानेले टोरन्टो नेसनलका लागि पहिलो खेल खेलेका छन् । पहिलो खेलमै उनी महँगो सावित भएका छन् ।

ब्राम्प्टनको घरेलु मैदानमा ब्याट्सम्यानलाई सहयोग गर्ने पीचमा सन्दीपले अफ्नो स्पेलमा ४४ रन खर्चेर १ विकेट लिए । उनले कोलिन मुनरोलाई आउट गरेका हन् ।

ब्राम्प्टन वोल्भ्सविरुद्धको खेलमा सन्दीप महंगो सावित भए । पाँचौं ओभरमा बलिङको जिम्मा पाएका सन्दीपले आफ्नो पहिलो ओभरमै ४ चौका र १ छक्कासहित २४ रन खाए । उनीविरुद्ध स्कटल्यान्डका जर्ज मुन्सेले ५ बाउन्ड्री प्रहार गरे ।

आफ्नो दोस्रो ओभरमा सानदार पुनरागमन गरी सन्दीपले ३ रन खर्चेर १ विकेट पनि लिए । इनिङको आठौं ओभरको चौथो बलमा सन्दीपले १६ बलमा २८ रन बनाएर खेलिरहेका कोनिल मुनरोलाई मिचेल म्याक्लनघानको हातबाट आउट गराए ।

आफ्नो तेस्रो ओभरमा १ चौकासहित ७ रन खर्चिए । उनको सपोर्टका लागि क्यानडामा रहेका केहि नेपाली समर्थक रंगशालामा पुगेका थिए । सन्दीपले आफ्नो चौथो ओभरमा ११ रन खर्चिए । १४औं ओभरमा उनलाई नितिस कुमार र सहिद अफ्रिदीले एक एक चौका प्रहार गरेका थिए ।

Facebook Comments
0Shares