मासिंदै मितेरी साइनो

26

काठमाडौं, १९ साउन–ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झिन्छिन् । उनी भन्छिन्, ‘धेरै सम्झना त छैन तर, मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो ।’

उनको मितिनीको नाम प्रमिला थापा हो । श्रेष्ठले थपिन्, ‘हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक जना छोरी र म पनि एक्ली छोरी भएका कारण आमाले मित लगाई दिएको भन्नुहुन्थ्यो ।’” उनले दशैँ, तिहारमा मितिनीको घर जाने, रमाइलो गर्ने गरेको स्मरण गरिन् ।

पछि मितभाइ जन्मेपछि मेरो भाइ नभएकाले उनैलाई भाइटीका लगाउँदा अझै रमाइलो हुन थाल्यो । मेरो बिहे भयो, पछि मितिनीको पनि बिहे भयो, त्यसपछि भने भेटघाट हुन छाड्यो, श्रेष्ठ पुराना दिन स्मरण गर्छिन् ।

संस्कृतविद् डा। सत्यमोहन जोशी भन्छन्, ‘मितेरी साइनो भनेको एक प्रकारको ऊर्जावान साइनो हो । मेरा पनि मित हुनुहुन्थ्यो, निधन भइसक्यो । मित साइनोले दुई फरक भूगोल, परिवेश, पृष्ठभूमि, संस्कृति, समाज, परिवार र व्यक्तिलाई जोड्छ ।’ जोशीले भने, ‘सोलुखुम्बुको शेर्पा र सर्लाहीका यादवलाई एउटै थालमा खाने घनिष्ठ मित्र बनाइदिन्छ भने झापाको क्षेत्री र पाँचथरका लिम्बूलाई मित्र बनाई दिन्छ ।’

तर, अहिले मितेरी साइनो ‘दुर्लभ’ भइसक्यो । जोशी भन्छन्, ‘प्रेम प्रकट गर्ने सबैभन्दा महत्वपूर्ण माध्यम मित्रता हो । असल मित्रको सङ्गत अनि हितैषी मित्रको साथ पाउनु संसारको सबैभन्दा दुर्लभ कुरा पनि हो ।’ गोरखापत्र दैनिकबाट

Facebook Comments
0Shares