साइनो वचत तथा ऋण सहकारी संस्थाले धरमपुर र शिबगञ्जमा सेवा केन्द्र स्थापना गर्दै

76
शिबसताक्षी–८ झिलझिलेस्थित भएको साइनो बचत तथा ऋण सहकारी संस्थाको कार्यालय

झिलझिले, २२ साउन–झापाको शिबसताक्षी–८ झिलझिलेमा २०७१ सालमा स्थापना भएको साइनो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६।०७७ मा दुई स्थानमा सेवा केन्द्र सञ्चालनको तयारी गरिरहेको छ । झिलझिलेमा मुख्य कार्यालय रहनेगरी शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजार र शिबसताक्षी–६ को शिबगञ्ज बजारमा सेवा केन्द्र स्थापना गर्दै सञ्चालनको तयारीमा जुटिरहेको संस्थाले जनाएको छ ।

संस्थाले साविक धरमपुर गाविस र साविक शिबगञ्ज गाविससहित दुई स्थानमा सेवा केन्द्र स्थापना गर्ने लक्ष्य राखेको थियो । यहि, लक्ष्य अनुसार हाल, नगरपालिकामा गठन भएको धरमपुर र शिबगञ्जका शेयर सदस्य, बचत कर्ता, क्रर्जावाला र आम समुदायलाई स्थानीय स्तरबाटै सेवा प्रदान गर्ने उदेश्य अनुसार सेवा कार्यालय सञ्चालन गर्न लागिएको अध्यक्ष दिपक कुमार (विकेन) मेन्याङ्वोले जानकारी दिए ।

अध्यक्ष मेन्याङ्वोका अनुसार धरमपुरस्थित मंगलबारे बजारमा सेवा कार्यालय मार्फत स्थानीय पाराबारी बजार र शुक्रबारे बजार लगायत अन्य ग्रामिण क्षेत्रका चौक बजारका सदस्यहरुलाई सेवा प्रदान गरिने छ । त्यस्तैं, शिबगञ्जमा सेवा कार्यालयले स्थानीय बजार तथा चौकहरुमा छरिएका रहेका सदस्यहरुलाई सेवा दिइने अध्यक्ष मेन्याङ्वोले जनाए ।

संस्थाका उपाध्यक्ष विशाल शेर्माका अनुसार दुई स्थानमा स्थापना हुने सेवा केन्द्रमा कार्यालय प्रमुखसहित चार जना कर्मचारीहरु रहने छन् । त्यस्तैं, सो सेवा केन्द्रमा सञ्चालक समितिका सदस्यहरु रहने गरी सेवा केन्द्र संयोजक तोकिएर जिम्मेवारी प्रदान गरिने छ ।

कार्यालयका व्यवस्थापक दिलकुमारी मगरका अनुसार हाल, झिलझिलेस्थित साइनो साकोसको मुख्य कार्यालयमा ११ जना कर्मचारीहरु छन् । सेवा केन्द्र विस्तारसँगै सहकारीले थप ७ जना नयाँ कर्मचारी ल्याउने तयारी गरिरहेको उपाध्यक्ष शेर्माले बताए । जम्मा ५३४ जनाले रु ७० लाख शेयर पूजीसहित ०७१ सालमा स्थापना भएको सहकारीले गत आर्थिक वर्ष ०७५।०७६ मा रु पाँच करोड वढी कारोबार गरेको छ ।

शिबसताक्षी नगरपालिकाको माइधार, दुधे, व्याङ्डाडा, नहरचौक, झिलझिले, लालझोडा, धौलिचौक, डुडामारी, धरमपुर, शुक्रबारे, मंगलबारे, पाराबारी बजारसहित छिमेकी जिल्ला इलामको चुलाचुली र झापाको कमल गाउँपालिकामा समेत सेवा उपलब्ध गराउदै आइरहेको छ ।

Facebook Comments
0Shares