अनुदान रकम हिनामिना गरेको भन्दै गौरीगञ्जका कृषकहरु आन्दोलित

140

जीवनसिह राजवंशी २६ साउन–झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ र ३ मा चैते धान बाली लगाउनको लागी आएको अनुदान रकममा ३ ओंटा कृषक समुहहरुले किर्ते कागज गरी रकम हिनामिना गरेको भन्दै स्थानिय आन्दोलित भएका छन् ।

भ्mापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ र ३ मा चैते धान बाली लगाउनको लागी आएको अनुदान रकममा ३ ओंटा कृषक समुहहरुले किर्ते कागज गरी रकम हिनामिना गरेको भन्दै स्थानियहरुले गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ को वडा कार्यलयमा धर्ना गरेका छन् ।

गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ र ३ मा कृषी ज्ञान केन्द्र चन्द्रगढीले ४ ओटा कृषक समुहहरुलाई चैते धान बाली लगाउन प्रती १ बिघा जग्गा बराबर ६ हजार ६ सय ६६ रुपैयााको दरलले १९ लाख ७ हजार ३ सय रुपैया रकम निस्कासन गरेको थियो ।

तर त्यस मध्ये माङ्गसावा कृषक समुह, तुर्लाचन कृषक समुह र कनकाई विपद व्यवस्थापन कृषक समुहहरुले रकम बितरणमा जग्गा नभएकालाई समेत अनुदान दिएको, मृत्यु भईसकेका व्यक्तीको नाममा किर्ते कागज गरी रकम हिनामिना गरेको भन्दै आन्दोलित भएका हुन् ।

उक्त किर्ते व्यक्तीहरुको नाममा स्वंयम वडा कार्यालयले समेत सिफारीस दिएकोले जनप्रतिनिधीहरुको समेत मिलेमतो रहेको स्थानीयहरुको भनाई छ ।

धान पकेटको अनुदान किर्ते भएकोमा नेकपाका जिल्ला सदस्य किना राजवंशी प्रमुख सुत्राधार मानिएका छन् भने माङ्गसावा कृषक समुहका अध्यक्ष किरण लिम्बु, तुर्लाचन कृषक समुहका सुजन श्रेष्ठ , कनकाई विपद व्यवस्थापन समुहका सचिव अरुण राजवंशी र जनप्रतिनिधी समेत मुछिएका छन् । आरोपित कनकाई बिपद व्यवस्थापन कृषी समुहका सचिव अरुण राजवंशी वडा नम्बर २ का वडा सचिव समेत हुन् । तर यता आरोपित व्यक्तीहरुले भने विभिन्न बहानामा किर्ते गरेको बताएका छन् ।

किर्ते गरेको आरोप लागेका गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ का अध्यक्ष अग्नु प्रसाद राजवंशीले भने आफुले कुनै अनियमितता नगरेको र त्यस्तो केही प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनु भयो ।

गाउँपालिका अध्यक्षले भने दोसी जोकोही भएपनि कानुनी कार्वाही गरीने गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबाुराजा श्रेष्ठले बताउनु भयो ।

यसरी कृषकका लागी आएका अनुदानहरुमा स्थानीय तह तथा कृषक समुहहरुको अनियमित ढंगले कृते गरी रकम हिनामिना गरेको खुलासा हुनुले भ्रष्टाचार अझ मौलाएको स्पस्ट देखीन्छ ।

Facebook Comments
0Shares