प्रतिनिधिसभा सांसद् यादवले दिए राजीनामा

59
सांसद डा.सूर्यनारायण यादव

काठमाडौं, २८ साउन–सप्तरी १ बाट प्रतिनिधी सभामा निर्वाचित सांसद डा.सूर्यनारायण यादवले राजीनामा दिएका छन् । यादवले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएको सभामुखको सचिवालयले जनाएको छ । ‘उहाँले राजीनामा बुझाउनु भएको छ, निर्णय हुन बाँकी छ’ सभामुखको सचिवालयले भन्यो ।

समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले यादवले राजिनामा दिएको पुष्टि गर्दै भने ‘उहाँले राजनीनामा दिनुभएको हो तर पार्टीले निर्णय गर्न बाँकी रहेको छ ।’ यादव सप्तरीमा नाम चलेका डाक्टर हुन् । यादवको राजीनामा स्वीकृत भए प्रतिनिधीसभामा सप्तरी १ पनि रिक्त हुने छ ।

सरकारले मंसिर १४ मा उपनिर्वाचनको मिति तोकेको छ । देशभरमा विभिन्न पदका ५१ स्थानमा जनप्रतिनिधीहरु छैनन् ।

Facebook Comments
0Shares