पति-पत्नीको झगडा छुट्याउने महिलाको मृत्यु

62
Murder

नुवाकोट, २८ साउन–नुवाकोटको तारकेश्वर गाउँपालिका १ दाङसिंहमा पति(पत्नीको झगडा छुट्याउने गएकी महिलाको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

प्रहरी प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार त्यही स्थानका मेघबहादुर तामाङ र उनकी पत्नी चिनीमायाबीच सोमबार विवाद भएको थियो । विवादपछि चिनीमायाँ बच्चासहित लालमायाको घरमा बास बस्न गएकी थिइन् । तर, उक्त घरमा नै पत्नीलाई फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।

पति-पत्नीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमाया आफ्नै घरको आँगनमा लडेर बेहोस भएकी थिइन् । उपचारका लागि मंगलबार जिल्ला अस्पताल त्रिशलीमा पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरिदिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Facebook Comments
0Shares