मंगलबारे बजारमा पार्किङ टालीको उद्घाटन गर्दै प्रदेश सांसद दर्लामीले भनेः ‘विकास निर्माणमा तीनै तहका सरकारको भूमिका र सहकार्य हुन जरुरी छ’

53

धरमपुर (मंगलबारे), २८ साउन–प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामीले लामो समय अवरुद्ध भएको बिकास निर्माणका कार्यंलाई तिनै तहको सरकारको पहल कदमीबाट नयाँ ढंगबाट तीब्र गतिले अघि बड्ने बताए ।

आज (मंगलबार) शिसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा आयोजित कुषि उपज तथा पार्किङ टालीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । सांसद दर्लामीले प्रदेश सरकारको तर्फबाट शिक्षा, खानेपानी, स्वास्थ्य, सुरक्षा लगातका क्षेत्रमा बजेट बिनियोजन भएकोले यस नगरलाई समृद्ध नगर बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । संघिय सरकारबाट हुने हरेक बिकासका कामहरु स्थानीय सरकार र प्रदेश सरकारबाट हुने भएकोले नागरिकहरुले अपेक्षा गरे अनुरुप बिकासले गति लिने सांसद दर्लामीले बताए ।

लामो समयको रिक्ततापछि जनाप्रतिनिधिहरु निर्बाचित भएसंगै पूर्बाधार बिकासले गति लिएको सांसद दर्लामीको भनाई रहेको थियो । नगरकै पुरानो र पछिल्लो समय व्यवसायीक दृष्ट्रिकोणले तीब्र गतिमा विकास भइरहेको मंगलबारे बजारलाई ब्यबस्थित गर्नका लागी बजार क्षेत्रमा पार्किङ टायल लगाइएको हो ।

प्रदेश निर्बाचन क्षेत्र पुर्बधार बिकासबाट रु २० लाख, शिबसताक्षी नगरपालीकाबाट रु ३ लाख र स्थानीय उपभोत्ता (जनसहभागिता) बाट रु १ लाख २५ हजार गरि जम्मा रु २४ लाख २५ हजारको लागतमा निर्माण सम्पन्न गरिएको मंगलबारे बजार ब्यबस्थापन समितिका अध्यक्ष भीम नेम्बाङ (ठुट्टा) ले बताए ।

सोही अवसरमा बजारमा विभिन्न जातका एक दर्जन विरुवाहरु रोपिएको छ । बजारलाई हरित नगर बनाउदै स्वच्छ र सफा बजारको रुपमा विकास गर्न वृक्षारोपण गरिएको हो । प्रदेश सांसद एबम् कार्यक्रमका प्रमुख अतिथि दर्लामी सहित बजार व्यस्थापन समितिका अध्यक्ष भीम नेम्बाङ लगायतले बजारको पाकिङ टायलमा विरुवाहरु रोपिएको थियो ।

त्यस्तैं, मंगलबारे बजारको पशु बधशालाको भवन समेत निर्माण गरिएको छ । पशु बधशालालाई स्वच्छ, सफा र आर्कषक बनाउने उदेश्यसहित मंगलबारे बजार व्यवस्थापन समितिले एक तले दुई कोठे भवन निर्माण गरेको हो ।

२०३४ सालबाट मंगलबारको दिन साप्ताहीक हाट लाग्दै आएको यस बजारमा ब्यापारी र उपभोक्ताहरुले बिभिन्न समस्याहरु झेल्दै आएको थिए । तर, बजार क्षेत्रमा पार्कीङ लकिङ टायल्स लगाएर ब्यबस्थीत गरिएसंगै बजारको आकर्षण समेत बढेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष महेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख र स्थानीय जनप्रतिनिधि, नेकपाका नगर कमिटि सदस्यहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments
0Shares