फर्निचर उद्योगमा आगलागी, ६५ लाख क्षति

29
अागलागी

दाङ, ३२ साउन–लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करिब ६५ लाख रुपैयाँको क्षति भएको छ ।

उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार शुक्रबार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । उनले भने, ‘मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो ।’ विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ ।

लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।

Facebook Comments
0Shares