‘रणहार’लाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बाश्री

41

काठमाडौं, १ भदौ–२०७५ सालको मदन पुरस्कार योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ र जगदम्बा–श्री पुरस्कार वैरागी काइँला ९तीलविक्रम नेम्वाङ० लाई प्रदान गरिने भएको छ ।

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा९श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो।

पुरस्कृत प्रत्येक स्रष्टाले चार्चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार राशि यसै वर्षदेखि दोब्बर गरी चार्चार लाख बनाइएको हो।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिका अनुसार ‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो। गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो।

सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लास’ पुरस्कारका लागि सिफारिस भएका थिए।

इतिहासकार योगेश राजको उपन्यास ‘रणहार’ भक्तपुरका अन्तिम मल्लकालीन राजा रणजित मल्लको जीवनीसँग सम्बन्धित छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका वैरागी काइँलालाई ‘लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङमयको समृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments
0Shares