एनआइसी एशिया बैकको सुपर चमत्कारिक योजना

24

दमक, १३ भदौ–एनआइसी एशिया बैक क्षेत्रीय कार्यालय दमक झापाले ग्राहकहरुलाई लक्षित गरि चमत्कारिक निक्षेप योजना ल्याएको छ । बैकको दमकस्थित क्षेत्रीय कार्यालयले शुक्रवार पत्रकार मञ्चको कार्यालय दमकमा सम्मेलन गरि बैकको २२ औ बार्षिकोत्सवको अवसरमा विभिन्न ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु ल्याएको जनाएको हो ।

बैकका क्षेत्रीय कार्यालयका प्रमुख डेनराज तुम्रोकले बैकको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैकले सुपर चमत्कारिक योजना सञ्चालनमा ल्याएको जानकारी दिए ।

कार्यालयका प्रमुख डेनराज तुम्रोकले त्यस योजनाले आम जनमानसमा बचत गर्ने वानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सकिने जनाए ।

त्यस योजना अन्तर्गत ग्राहकको तथा परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको विमा सुविधा प्राप्त् गर्न सक्ने उनले स्पष्ट पारे । जसअन्तगर्त दुर्घटना तथा मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोडसम्मको विमा सुविधा, दम्पतिका लागि २५ घातक रोगहरुको लागि रु ३० लाखसम्मको विमा र परिवारका लागि रु १ लाख ५० हजार सम्मको औषधी उपचार विमा सुविधा समेत प्राप्त गर्न सक्ने जनाईएको छ ।

पत्रकार भेटघाटमा बैकको उर्लाबारी शाखा प्रमुख कृष्णबहादुर कार्की, दमक शाखा प्रमुख तीर्थ प्रधान, क्षेत्रीय कार्यालय दमकका सम्बन्धन प्रमुख श्याम निरौला लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments
0Shares