पाँचथरमा साहित्यकार प्रेम ओझालाई ऐतराज केरुङ स्मृति पुरस्कार

22
साहित्यकार प्रेम ओझा

पाँचथर, १३ भदौं–पाँचथरका अग्रज साहित्यकार प्रेम ओझा ऐतराज केरुङ स्मृति गजल पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

मोति जयन्तिको दिन गजल मञ्च पाँचथरले हरेक वर्ष वितरण गर्दै आएको उक्त पुरस्कार शुक्रबार फिदिममा आयोजित एक समारोहका बीच ओझालाई प्रदान गरिएको हो ।

स्वर्गिय केरुङको स्मृतिमा उहाँको परिवारले प्रदान गर्दै आएको ५ हजार ५ सय रुपैँया र सम्मान पत्रसहितको पुरस्कार ओझालाई प्रदान गरिएको हो ।

त्यसै समारोहमा दुई वटा कृति पनि विमोचन गरिएको छ । साहित्यकार धनपति ढुँगेलद्धारा लिखित कमलको युद्ध गजल संग्रह र शान्ता गौतमद्धारा लिखित पानी र जमिन बाल कथा संग्रहको विमोचन गरिएको हो ।

Facebook Comments
0Shares