साइनो बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा भदौं २७ गते

103
शिबसताक्षी–८ झिलझिलेस्थित भएको साइनो बचत तथा ऋण सहकारी संस्थाको कार्यालय

झिलझिले, १३ भदौं–साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसमा भाद्र २७ गते शुक्रबार झिलझिलेस्थित किरात भवनमा हुने भएको छ । झापाको शिबसताक्षी–८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालक समितिको शुक्रबार कार्यालयमा भएको बैठकले पाँचौ वार्षिक साधारणसभा सम्पन्न गर्न आवश्यक तयारी शुभारम्भ गरिएको छ ।

संस्थाका अध्यक्ष दीपक कुमार मेन्याङ्वोको अध्यक्षतामा बैठक बसेको थियो । सो बैठकमा संस्थाको पाँचौ वार्षिक साधारणसभालाई भप्य र सभ्य ढंङ्गमा सम्पन्न गर्न विभिन्न कामको जिम्मेवारी वाँडफाँड गरिएको संस्थाका अध्यक्ष दीपक कुमार (विकेन) मेन्याङ्वोले जानकारी दिए ।

मञ्च व्यवस्थापन तथा सजिसजावटतर्फ संस्थाका कोषाध्यक्ष सुवास मेन्याङ्वो र लेखा समिति सदस्य मनिकुमार सुब्बालाई जिम्मेवारी प्रदान गरिएको छ । अतिथि सत्कार तथा व्याँच र खदा वितरणतर्फ संस्थाका सदस्य तीर्थ राई, सरिता बोहोरा लगायत कर्मचारी विना मगर र इन्द्र सुब्बालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तैं, उपस्थिति पुस्तिका तथा दर्तातर्फ संस्थाका कर्मचारी ज्ञानु थापा र आशिका बस्नेत छन भने प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चीनो खरिदतर्फ संस्थाका कार्यालय प्रमुख (व्यवस्थापक) दिलकुमारी मगर, क्यासियर ज्ञानु थापा र संस्थाका उपाध्यक्ष बिशाल शेर्मालाई बैठकले जिम्मेवारी प्रदान गरिएको छ ।

वार्षिक साधारणसभामा उत्कृष्ट कारोबारतर्फ वाल बचतकर्ताहरु, असल बचतकर्ता, असल ऋणीलाई सम्मान तथा पुरस्कार वितरण गरिने छ । त्यस्तैं, सेयर सदस्य परिवारमा प्लस टुमा उर्तिण गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहन वापत सम्मानपत्रले कार्यक्रममा सम्मानित गरिने भएको छ ।

कार्यक्रमलाई मर्यादित, अनुशासित र विधिपुर्वक ढंङ्गमा सम्पन्न गर्न पूर्नःभदौं २० गते शुक्रबार सञ्चालक समिति, लेखा समितिसहित अन्य उपसमितिहरुको संयुक्त बैठक बस्ने भएको छ ।

स्थानीय युवा उद्यमी तथा व्यवसायीहरुको सक्रियतामा पाँच बर्ष अघि झिलझिलेमा संस्था स्थापना भएको संस्थाका उपाध्यक्ष बिशाल शेर्माले जानकारी दिए । सस्थामा हाल झण्डै ६ सय जना शेयर सदस्यहरु छन् ।

झिलझिलेमा कार्यालय स्थापना गरेर शिबसताक्षी नगरपालिकाको वडा नं ११ को माइधार, आइतबारे, दुधे, नहर चौक, वडा नं ७ को व्याङडाँडा बजार, चन्द्रडाँगी बजार, वडा नं ८ को डुडामारी, झिलझिले, वडा नं १ को धरमपुर चौक बजार, शुक्रबारे बजार, वडा नं २ को मंगलबारे बजार, वडा नं ३ को पाराबारी बजार, वडा नं ६ को शिबगञ्ज बजार, हवलदार चौक, वडा नं ५ को जनता बजार, रगियाथान बजारसम्म सेवा दिइरहेको छ । चाँडै नै वडा नं २ को धरमपुर मंगलबारे बजार र वडा नं ६ को शिबगञ्जमा सेवा केन्द्र सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

Facebook Comments
0Shares