आदर्श समाजको २३औं बार्षिक साधारणसभा सम्पन्न

24

गोविन ल्वागुन/दमक, १९ भदौं–झापाको दमक–६ मा रहेको आदर्श समाज सहकारी संस्थाले २३औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले बिहिबार दमक स्थीत पशुपति मन्दिरको सभाहलमा आफनो २३औ बार्षिक साधरणसभा सम्पन्न गरेको हो ।

झापा जिल्ला शहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष भरत खातीले ५ करोड ४४ लाख ३१ हजार ५ सय रुयैयाको वासलात रहेकोे बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा संस्थाको वित्तिय अवस्थाबारे जानकारी दिदै व्यवस्थापक रुद्रप्रसाद खतिवडाले आर्थिक बर्ष २०७५/०७६ मा संस्थाले लिएको लक्ष्य भन्दा बढीनै उपलब्धी हासिल गर्न सफल भएको बताउनुभयो ।

सो कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने ११ जना, उत्कृष्ट कर्जा ११ जना, उत्कृष्ट बचत कारेबार, उत्कृष्ट बाल बचत, सेयर सदस्यका छोरा छोरीबाट एसइईमा उत्कृष्ठ २ जना र उत्कृष्ट कर्मचारी १ जनासहित ३६ जनालाई नगद रुपैयाद्धारा सम्मान गरेको संस्थाका सदस्य शुनिल दियालीले जानकारी दिनुभयो ।

Facebook Comments
0Shares