देशभर डेंगुको महामारी, ७० हजार संक्रमित

20
डेंगुको संक्रमण

काठमाडौं, २२ भदौं–पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकहरुले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको तथ्यांक अनुसार सकरारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब सात हजार छन् ।

निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा ७० हजार पुग्ने चिकित्सकको आँकलन रहेको समाचार कान्तिपुर दैनिकमा छ । इडिसिडीको तथ्यांकअनुसार बैशाखेदि असारसम्म तीन हजार ४२५ जना र साउनयता तीन हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगेका छन् ।

Facebook Comments
0Shares