सेञ्चुरी कमर्सियल बैंकले दमकको फर्निचर लाईनबाट सेवा शुभारम्भ गर्यो

50

दमक, २२ भदौं–झापाको दमकमा रहेको सेञ्चुरी कमर्सियल बैक फर्निचर लाईनमा स्थानान्तर भएको छ । दमक–८ पश्चिम बसस्टेण्ड नजिक रहेको सो बैंक आइतबारदेखी दमक–६ फर्निचर लाईनको राष्ट्रिय बाणिज्य बैक नजिक स्थानान्तर भएको हो ।

सो बैंकले फर्निचर लाइनको नयाँ कार्यालयबाट आइतबारबाट सेवा शुभारम्भ गरेको छ । आइतबार नै कार्यालयमा विशेष पुजा गरिएको छ । बैंकको प्रदेश १ कार्यालय बिराटनगर शाखा प्रमुख दीपक कुमार पौड्याल र दमक शाखा प्रमुख सुमन राई चाम्लिङले विशेष पुजा गरि बैकको नयाँ स्थानदेखी सेवा शुभारम्भ गरेको हो । दमकस्थित बैकमा हाल ६ जना कर्मचारीहरु छन् ।

सेञ्चुरी बैक ‘क’ बर्गको मान्यता प्राप्त बैंक हो । बाणिज्य बैक सो सरह यो बैक ‘क’ बर्गको बैकहरु मध्ये सवै भन्दा कान्छो हो । हाल, देशभर २८ वटा बैंकहरु ‘क’ बर्गका मान्यता प्राप्त बैक छन् ।

बैकको दमक, विर्तामोड र चन्द्रगढीसहित प्रदेश १ मा २४ वटा शाखाहरु छ । हिमाल, पहाड र तराइको सवै जिल्लाहरुमा सेवा प्रदान गर्दै आइरहेको बैंकको देशभर ११३ वटा शाखा कार्यालय छ ।

यसअघि, सेञ्चुरी कमर्सियल बंैकले सगरमाथा फाईनान्स, सेती फाईनान्स, अरिनको डेप्लोमेन्ट विकास बैकसहित ५ वटा बैंकलाई एकिकरण गरेको हो । नयाँ स्थानबाट सेवा शुभारम्भको अवसरमा दमकमा सञ्चालित बैक तथा इन्स्योरेन्स कम्पनी शाखा कार्यालयका प्रमुखहरु उपस्थित भएर शुभकामना दिएका थिए ।

Facebook Comments
0Shares