लिम्बुवानले भन्योः ‘उपनिर्वाचनमा सहभागि बन्ने तर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने

241

दमक, २४ भदौं–पहिचानको मुद्दालाई गोलीले दबाएर जववस्ति घोषणा गरेको संविधानलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च समद्ध संघिय लिम्बूवान मञ्च, नेपालले पूर्नःसंशोधनको माग गरेको छ । आगामी असोज ३ गते नेपाल सरकारले आयोजना गरेको संविधान दिवसलाई कुमार लिङदेनले नेतृत्व गरेको मञ्च समद्ध संघीय लिम्बुवान नेपालले कालो दिनको रुपमा मनाउने भएको छ ।

सो पार्टीद्धारा मंगलबार दमकस्थित पत्रकार मञ्चको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको छ । पार्टीका महासचिव शान्ता योङहाङले हस्ताक्षर गरेका प्रेस बिज्ञप्तिमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता र समानुपातिकताप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै १०–१ प्रान्तको पक्षमा लिम्बुवानले आफ्ना पूर्ववत अडानहरु अघि बढाएको छ ।

त्यस्तैं, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक राष्टिय मञ्च र संघीय लिम्बुवान नेपालले आन्दोलन स्वरुप सहभागि हुने घोषणा गरेको छ । भाद्र २०, २१ र २२ गते धरानमा बसेको मञ्चको केन्द्रिय र प्रान्तीय बैठकका निर्णयहरु सार्वजनिक गदै उपनिर्वाचनमा सहभागि बन्ने पार्टीको धारणा सार्वजनिक गरेको हो ।

उपनिर्वाचनलाई परिणाममुखि बनाउन प्रान्तीय स्तरको उपनिर्वाचन परिचालन समिति समेत निर्माण गरिएको मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले बताए । उपनिर्वाचन परिचालन समितीको संयोजकमा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सदस्यहरुमा माननिय प्रदेश सदस्य तथा उपाध्यक्ष बिष्णु तुम्बाम्फे र उपाध्यक्ष चन्द्र खापुङ् रहनुभएको छ ।

उपनिर्वाचनमा लिम्बूवान र किरात खम्बुवानका रिक्त सबै क्षेत्रहरुमा संघिय राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मंच, संघिय खम्बुवान मञ्चले आन्दोलका रुपमा दापसहितको खुकुरी चुनाव चिह्नबाट सशतm रुपमा भाग लिने उपनिर्वाचन समिति संयोजक तथा पार्टीका बरिष्ठ उपाध्यक्ष गु्रुङले बताए । यसका लागी पार्टी समद्ध सवै भात्रृ सङ्गठनहरुलाई क्रियाशिल बनाइने गुरुङले जनाए । उनले प्रदेश १ को सबै रिक्त स्थानहरुमा संघीय लोकतान्त्रिक राष्टिय मञ्च, संघीय लिम्बुवान मञ्च र संघीइ किरात खम्बुवान मञ्चले आन्दोलनको रुपमा तर परिणाममुखी बनाउने बताए ।

असोज ३ गते हुने संविधान दिवशलाई कालो दिनको रुपमा मनाउने पार्टीको निर्णय छ, बरिष्ठ उपाध्यक्ष गुरुङले भने–उपनिर्वाचन सहभागि बन्ने पार्टीको निर्णय भए पनि संविधानमा आफुहरुको केही बुदाहरुमा असहमति यथावत छन् । नेता गुरुङले भने–संविधानका कतिपय बुदाहरु हामीलाई मान्य छैन, त्यसलाई शंसोधन गर्नुपर्छ । र, यस पटकको संविधान दिवसलाई हाम्रो पार्टीले कालो दिनको रुपमा मनाइदै छ । गुरुङका अनुसार पहिचानको मुद्धालाई गोलीले दबाएर ३ दलले जबरजस्ती संविधान जारी गरेको र ति पहिचान बिरोधी संिवंधान जलाएर हामी कालो दिनको रुपमा मनाउँछौ ।

त्यस्तै, पार्टीका जनबर्गीय संगठनहरुको विनियम र विधान तयार गर्ने, क्रियाशिल सदस्यता वितरण गर्ने, स्थानीय पालिकाहरुमा गठित पार्टी संगठनलाई चलयामान बनाउने धरान बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । एलभी र युवा संगठनको संरचना र परिभाषा निर्माण गर्न वरिष्ठ उपाध्यक्ष गुरुङ र उपमहासचिव चन्द्रसिंह नेम्बाङलाई जिम्मेवारी दिइएको छ ।

मजदुरतर्फ महासचिव संगम खनाल, भुपु सैनिक र प्रहरी संगठनतर्फ सचिव गजेन्द्र चोङबाङ क्याक, पत्रकारतर्फ उपमहासचिव दिलकुमार लावती, किसानतर्फ महासचिव यलम्बर खम्बु, स्वायत्त क्षेत्र मञ्चतर्फ साजन याख्या, कलाकारतर्फ महासचिव अशोक चेम्जोङ र कलाकार अध्यक्ष राज खिम्दिंग, शिक्षकतर्फ महासचिव शान्ता योङहाङ, लेखकतर्फ महासचिव थाङसाङ लावती, बुद्धिजीवीतर्फ उपाध्यक्ष टंक खापुङ, तुम्याहांङतफर्प उपाध्यक्ष डीवी खुदाङ र भूमिहीन र सुकुम्वासीतर्फ दलित शिल्पी अध्यक्ष रमेश गमेर र भूमिहीन संयोजक परशुराम तामाङलाई जिम्मेवारी प्रदान गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव शान्ता योङहाङ, उपमहासचिव दिलकुमार लावती लगायतको नेताहरुको उपस्थित थियो ।

Facebook Comments
0Shares