नेकपामा फेरि केन्द्रीय सदस्य थपिने

31
नेपाल कम्युनिस्ट पार्टी घोषणा सभामा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत।

काठमाडौ, २५ भदौ–डा.बाबुराम भट्टराईको नयाँशक्ति पार्टी उपेन्द्र यादवको समाजवादी पार्टीमा बिलयपछि त्यो पार्टीमा नगएका पूर्वमाआोवादीका नेता र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छाडेका ४ नेतालाई नेकपाले केन्द्रीय सदसयमा मनोनीत गरेको छ ।

२०७६ भदौ ९ मा नेकपाले देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । यो सँगै नेकपाको केन्द्रीय कमिटीको संख्या ४ सय ४५ सदस्यीय भएको छ । पार्टीको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशतसम्म केन्द्रीय सदस्यमा समावेश गर्न सकिने प्रावधान अनुसार उनीहरु मनोनीत भएका हुन् ।

धमला र पराजुली बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा थिए । नयाँ शक्तिले फोरमसँग एकता गरेपछि नेकपामा प्रवेश गरेका हुन् । त्यस्तै पद्म र किरण विप्लव छोडेर नेकपामा आएका हुन् ।

अर्को पार्टीबाट आएकाहरु केन्द्रीय सदस्यमा मनोनीत भए पनि पार्टीमा लामो समयदेखि रिक्त भएको केन्द्रीय सदस्य पदमा अझै मनोनीत हुन सकेको छैन । केन्द्रीय सदस्य बद्री न्यौपानेबिरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । रविन्द्र अधिकारीको निधन भएपछि रिक्त छ ।

समीम मियाँ अन्सारी मुस्लिम आयोगको अध्यक्ष भएपछि अर्को केन्द्रीय सदस्य पद पनि रिक्त छ । केन्द्रीय समिति गठन गर्दा पार्टीमा लामो इतिहास र योगदान भएकाहरुलाई नसमेटिएकोमा पूर्वएमालेभित्र असन्तुष्टी कायमै छ । उनीहरुलाई समेट्ने आश्वासन पनि नेताहरुले दिइरहेका छन् । तर अर्को पार्टीबाट आउनेलाई मनोनीत गर्दा पनि उनीहरु अटाउन सकेनन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री उपचारका क्रममा सिंगापुरमा भएकाले मनोनीत हुन नसकेकाले अब छिट्टै मनोनीत हुने बताइएको छ । पूर्व एमालेमा लामो योगदान भएका पुरुषोत्तम पौडेल, डा.दीपकप्रकाश भट्ट, सोभियत ढकाल, योगेन्द्र शाही, कृष्ण पौडेल, राजनारायण साहहरु नेकपाको केन्द्रीय सदस्यमा अटाउन सकेका छैनन् । बद्री न्यौपानेजस्ता सून्य जनाधार भएकालाई केन्द्रीय सदस्य बनाएर राम्रो आधार भएका राजनारायण साहहरु अन्यायमा पारिए । युवा विद्यार्थीका बीचमा निरन्तर काम गर्ने सोभियत ढकाल त पटक पटक अन्यायमा पारिएका छन् ।

एमाले–माओवादी एकताका बेला युवानेता सोभियत ढकालको नाम काटेर न्यौपानेलाई केन्द्रीय सदस्य बनाइएको थियो । एमालेको नवौं महाधिवेशनमा निर्वाचन मण्डलका प्रमुख सोमनाथ प्यासीले उनलाई ८ सय ८६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा बिजयी घोषणा गरे । उनीभन्दा ७ मत कम पाएका खेम लोहनीलाई भोलिपल्ट बिजयी घोषणा गरिएको थियो ।

अघिल्लो दिन निर्वाचन आयोगले ढकालको मत ८७६ र लोहनीको ८७९ मत पाएको घोषणा गरेको थियो । तर रातारात उनको मत घटी देखाएर लोहनीलाई बिजयी घोषणा गरिएको थियो । पार्टीले स्याङ्जामा प्रदेश सभाको टिकट पाए जित्न सक्ने उनलाई नदिदा कांग्रेसको पोल्टामा पुगेको थियो । यो पटक ढकालदेखि डा.भट्ट, पौडेल, साह, शाहीहरुले न्याय पाउलान् कि गुटको शिकार हुने हुन् त्यो भने पार्टी शीर्षनेताहरुकै तजबिजमा छ ।

Facebook Comments
0Shares